Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्री प्रचण्डबाट भयाेः शेखर काेइराला

एक्सन खबर
भदौ, ९, २०८०


जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्री प्रचण्डबाट भयाेः शेखर काेइराला

काठमाडाैं, ९ भदाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै समाजमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आरोप लगाएका छन् ।

देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउछु भनेर अभिव्यक्ति दिएसँगै जातीय द्वन्द्व बढेकाे मोरङमा शनिबार आयोजित नेपाल प्रेस युनियनको पदस्थापन कार्यक्रममा बोल्दै नेता कोइरालाले बताए ।

‘देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउछु भनेर अभिव्यक्ति दिए । त्यो कत्तिको उचित हो ?,’ नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न आग्रह गर्दै उनले भने, ‘संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन ।’

संविधानमा लेखिएका कुरा बाहिरको कदापी स्वीकार्य नहुने तथा कुनै पनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य गर्न नहुने डा. काेइरालाकाे भनाइ छ । जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउने जिकीर गर्दै उनले अहिले त्यही हुँदै गइरहेको तर्क गरे ।

सुनसरीको धरानमा भइरहेको विवाद सबै मिलेर समाधान गर्नुपर्ने बताउँदै नेता काेइरालाले धरानको विवाद बढ्दै गए देशभर समस्या निम्तिन सक्ने जिकीर गरे । ‘धरानकाे विवाद मिलाउन सबै जना एक ठाउँ उभिनुपर्छ, नत्र देशभर याे विवाद फैलिन सक्छ ।’ उनले भने ।

सुन तस्करस्, ललिता निवास जग्गा काण्ड, भुटानी शरणार्थी प्रकरण लगायत अहिले सतहमा आएका सबै काण्डमा दोषीलाई कारबाही गर्नुपर्ने काेइरालाले बताए । जनताले बुझने गरी ती काण्डहरूकाे छिनोफानो गरेमा मात्र मुलुकमा विश्वासको वातावरण सिर्जना हुने बताउँदै उनले छानविन निष्पक्ष हुनुपर्ने पनि जनाए ।













0 प्रतिकृया