Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


२९० जनाविरुद्ध ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर

एक्सन खबर
भदौ, १०, २०८०


२९० जनाविरुद्ध ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर

काठमाडौं, १० भदाै । दुई पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिँदै बहुचर्चित  ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा २९० जनाविरूद्ध किर्तेमा मुद्दा दायर गरिएकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएपनि जिल्ला सरकारी वकिलकाे कार्यालयले संगठित अपराधमा मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै सरकारी कागजात किर्तेमा मात्र मुद्दा दायर गरेकाे हाे ।

सरकारी वकिलकाे कार्यालयले प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकाे छ । सिआइबीले प्रतिवेदनमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई साक्षीका रूपमा पेश गरेकोले उनीहरू उम्किएका छन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोजन गर्ने निर्णय गरी अदालत गएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएमा संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा चलाउने निर्णय गरेको हो ।

प्रकरणमा किर्ते गर्ने सर्वसाधारणलाई १ वर्ष कैद र मन्त्री, सचिवलगायत सरकारी कर्मचारीलाई थप दुई वर्ष सजाय माग गरिएको छ । मुद्दा चलाइएका मन्त्रीहरूमा पूर्वउपप्रधान तथा भौतिक योजना मन्त्री गच्छदार, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमि सुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह छन् ।













0 प्रतिकृया