Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीलाई थेसिस टपर अवार्ड

एक्सन खबर
भदौ, ११, २०८०


नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीलाई थेसिस टपर अवार्ड

काठमाडौं, १० भदौ । नेपाल इन्जिनियरिङ कलेज (नेक) का आर्किटेक्टले थेसिस टपर अवार्ड प्राप्त गरेका छन् । कलेजका विद्यार्थी आर्किटेक्ट दिपेश ठाकुरले थेसिस टपर अवार्ड प्राप्त गरेका हुन् ।

आइतबार राजधानीमा एसियन पेन्टसले आयोजना गरेको आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन प्रतियोगिता ‘कलाइडोस्कोप’मा नेकका विद्यार्थी ठाकुरलाई ५० हजार नगर सहित पुरस्कृत गरिएको हो । उनलाई ‘पाहुना घर एण्ड घत्लान रसुवा’ शिर्षकको थेसिसका लागि पुरस्कार दिइएको हो ।

आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन प्रतियोगितामा नेकका विद्यार्थीले उक्त थेसिस अवार्ड प्राप्त गरेका हुन् । कार्यक्रममा काठमाडौं इन्जिनियरिङ कलेजबाट आस्था अमात्य, अरुणा पोखरेल, पुल्चोक क्याम्पसका रुपा साहुखल, हिमालय इन्जिनियरिङ कलेजका गौतम तण्डुकार, सजन लामा, एक्मी इन्जिनियरिङ कलेजका दृष्टी सयमा रञ्जित, पूर्वाञ्चल क्याम्पस धरानका केदार क्षेत्री, रिवास उप्रेती लगायत पनि थेसिस टपर घोषित भए ।

प्रतियोगितामा आर्किटेक्ट फ्याकल्टीतर्फ आइओईका सन्दीप तण्डुकार विजयी भए । उनले ७० हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गर्दा एक्मी इन्जिनियरिङ कलेजका अनमोल भण्डारी फस्ट रनरअप भए । उनले ४० हजार, ट्रफी, प्रमाणपत्र प्राप्त गरे । सेकेण्ड रनरअप थापाथली क्याम्पसका युनेश भट्ट घोषित भए । उनले ३० हजार नगद ट्रफी, प्रमाणपत्र पाए ।

यस्तै, इन्टेरियर डिजाइन फ्याकल्टीतर्फ कान्तिपर इन्टनेशनल इन्जिनियरिङकी निलिमा प्रधान विजयी भइन् । उनले ७० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । फस्ट रनरअप आइसी कलेज आर्ट एण्ड फेसनकी क्याथे मुनाकर्मी भइन् । उनलाई ४० हजार नगर ट्रफी र प्रमाणपत्र दिइयो । सेकेण्ड रनरअप कान्तिपुर इन्टरनेशनल कलेजकी श्रीजा आचार्य भइन् । उनले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र पाइन् ।

प्रतियोगितामा मुलुकका ११ वटा आर्किटेक्चर कलेज, २ वटा इन्टेरियर डिजाइन कलेजका २०७४ ब्याचका ४३ विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए । प्रतिष्पर्धामा ८ जना आर्किटेक्ट तेश्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । सहभागी विद्यार्थीहरुलाई पोखराको पोखरा स्मारक पार्कको तथा बुटिक होटलको इन्टेरियर डिजाइन गर्न भनिएको थियो । फाइनलमा १५ जना प्रतियोगीहरु पुगेका थिए ।

प्रतियोगिताको निर्णायकहरुमा आर्किटेक्टहरु एलेक्स श्रेष्ठ, अमोल मानन्धर, अरुणदेव पन्त, उमा संघाचे श्रेष्ठ, भेषराज अधिकारी, इन्जिनियरद्वय विभा जोशी, तेजिला वैद्य तथा इन्टेरियर डिजाइनर सपना सापकोटा रहेका थिए ।

कलेज तथा विश्वविद्यालयहरुले प्रतिष्पर्धामा विद्यार्थी छनौट गर्न विभागीय प्रमुख, एकेडेमिक कोअर्डिनेटर र शिक्षकहरु सम्मिलित छनौट कमिटी नै गठन गरेका थिए । प्रतियोगितामा पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल इन्जिनियरिङ कलेज, काठमाडौं इन्जिनियरिङ कलेज, हिमालय इन्जिनियरिङ, एक्मी इन्जिनियरिङ, ख्वप इन्जिनियरिङ कलेज, आइओई थापाथली, पूर्वाञ्चल क्याम्पस धरान, पोखरा इन्जिनियरिङ कलेज, कसमस इन्जिनियरिङ, काठमाडौं विश्वविद्यालय, कान्तिपुर इन्जिनियरिङ, आइसी कलेज एण्ड आर्ट फेसनले सहभागीता जनाएका थिए ।

कार्यक्रमका अतिथीहरुमा एसियन पेन्टसका नेपाल डाइरेक्टर जी गोपाल कृष्ण, सोसाइटी अफ नेप्लिज आर्किटेक्टका अध्यक्ष ईश्वरलाल जोशी, नेपाल इन्जिनियरिङ एशोसिएनका अध्यक्ष हरिबहादुर दर्लामी, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चर इन्जिनियरिङ फोरमका अध्यक्ष टुकलाल अधिकारी, इन्टेरियर डिजाइनर एशोसिएशनका अध्यक्ष श्याम श्रेष्ठ लगायत उपत्यकाका सरकारी तथा नीजि इन्जिनियरिङ कलेजहरुका प्राचार्यहरुको उपस्थिति रहेको थियो ।



















0 प्रतिकृया