Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


नेकको कार्यवाहक प्रिन्सिपलमा दुर्गाप्रसाद भण्डारी

एक्सन खबर
भदौ, १२, २०८०


नेकको कार्यवाहक प्रिन्सिपलमा दुर्गाप्रसाद भण्डारी

काठमाडौं, १२ भदौ । नेपाल इन्जिनियरिङ कलेज (नेक)को कार्यवाहक प्रिन्सिपलको जिम्मेवारी भाइस–प्रिन्सिपल एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीलाई दिइएको छ । आज मंगलबार बसेको कलेज सञ्चालक समितिको बोर्ड बैठकले भाइस–प्रिन्सिपल भण्डारीलाई कार्यवाहक प्रिन्सिपलको जिम्मेवारी दिएको हो ।

कलेजका तत्कालिन प्रिन्सिपल प्रा.डा.हरिकृष्ण श्रेष्ठ उमेर हदका कारण सेवा निवृत्त भएपछि कलेजका अध्यक्ष चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीको अध्यक्षतामा बसेको बैठकले भण्डारीलाई कार्यवाहक प्रिन्सिपलको जिम्मेवारी दिएको हो ।

कार्यवाहक प्रिन्सिपलको जिम्मेवारी पाएसँगै भण्डारीले आगामी सञ्चालन समिति बैठकबाट कलेजका विद्यमान समस्याहरुलाई समाधान गर्दै नयाँ उचाईमा लैजाने गरी कार्य योजनाहरु बनाइने बताए ।  

सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता भई पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित कलेज इन्जिनियरिङ शिक्षाकालागि नेपालकै उत्कृष्ट कलेज हो । पछिल्लो समय शिक्षा मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समिति मार्फत सञ्चालित कलेजमा इन्जिनियरिङ विधाका स्नातक, स्नातकोत्तर र पिएचडीसम्मको पढाई हुने गरेको छ ।













0 प्रतिकृया