किन विद्यार्थीको रोजाईमा पर्दैछन् अस्ट्रेलिया र क्यानडा ?
शिशिर सिंखडा
आजभोली उच्च शिक्षाका लागि विदेश जानु सामान्य भइसक्यो । १२ पास गरिसकेपछि धेरै विद्यार्थीहरू ब्याचलर गर्न विदेश गइरहेका छन् । उज्वल
भविष्यको खोजीमा प्रत्येक वर्ष हजारौं विद्यार्थी अस्ट्रेलिया, यूके,
क्यानडा, अमेरिका, युरोप, जापान, न्युजिल्याण्ड जस्ता उत्कृष्ट कलेज र
विश्वविद्यालय भएका देशहरूमा गइरहेका छन् । संभवतः
उच्च शिक्षासँगै सुरक्षित भविष्य निर्धारणका लागि यी देशहरू उपयुक्त पनि
हुन् । छिमेकी मुलुक भारत, चीनमा पनि नेपाली विद्यार्थीहरू अध्ययन गर्न
गएका छन् तर, सीमित मात्रामा । अध्ययनका लागि अस्ट्रेलिया, क्यानडा पछिल्लो
समय विद्यार्थीको सर्वाधिक रोजाइसँगै सही गन्तव्य बनेको छ ।
यो लेख उच्च शिक्षाका लागि अस्ट्रेलिया, क्यानडा कसरी उत्कृष्ट गन्तव्य हो ? किन विदेश जाने ? भन्नेमा केन्द्रित छ ।
किन जाने विदेश ?
१२
पास गरिसकेपछि १९, २० वर्षको लक्का जवान अन्तराष्ट्रिय डिग्री र अनुभव
हासिल गरेर सुनौलो भविष्य निर्माण गर्छु भन्ने थोरै भएपनि सोच्न सक्छ ।
आजको ग्लोबलाइजेसनको युगमा विदेश गएर पढ्नु अस्वभाविक हैन अपरिहार्य हो ।
हरेक वर्ष विश्वभरबाट लाखौं विद्यार्थीहरू फरकफरक देशमा अध्ययन गर्न गइरहँदा नेपाली विद्यार्थीहरू चैं जानु हुँदैन भन्नु गलत हो ।
विदेश जान्छु भनेर सोच्दै गर्दा कुन उद्देश्यका लागि जाँदैछु भन्ने चैं प्रष्ट हुनैपर्छ । पढ्न र करियर बनाउनकै लागि विदेश जाने सोच हो भने ठिक छ । हैन ! रमाउन, मोजमस्ती गर्न अथवा पैसा कमाउन भन्ने हो भने गलत हो । पढ्छु, अन्तराष्ट्रिय डिग्री र अनुभव हासिल गर्छु भन्ने युवाहरूले ‘म विदेशमा उद्देश्य पुरा नहुन्जेल जस्तोसुकै कठिनाइमा पनि संघर्ष गर्छु’ भन्ने दृढ संकल्प गरेर मात्र अगाडि बढ्नु पर्छ । लहलहै र देखासिखीमा विदेश जाने सोच बनाएको हो भने त्यसले आफ्नो त भविष्य दाउमा पर्छ नै आफन्त र परिवारले पनि सास्ती खेप्नुपर्छ । त्यसकारण सबैभन्दा पहिले विदेश किन जाने ? त्यो विषयमा प्रष्ट हुनुहोस् ।
कस्ता विषय पढ्ने ?
कक्षा
१२ पास गर्ने बित्तिकै उच्च शिक्षा अध्ययन गर्नका लागि ढोका खुल्छ,
त्यसपछि मात्र हो भविष्य कता लैजाने भन्ने । सामान्यतयाः साइन्स,
म्यानेजमेन्ट, आईटी, मेडिकल, पाइलट वा एभिएसन,
फेसन डिजाइनिङ चलेका विषय हुन् । कक्षा ११ र १२ मा के विषय पढेको हो
त्यसैको बेसलाई समाएर विषय छनौट गर्नुपर्छ । साइन्स पढेको विद्यार्थीले
म्यानेजमेन्ट लिन सक्छ तर, म्यानेजमेन्ट पढेकोले साइन्स पढ्न पाउँदैन ।
तसर्थ, विदेश जाने सोच बनाउँदै गर्दा कुन विषय पढ्ने कुरा पनि महत्वपूर्ण
हो ।
अस्ट्रेलिया, क्यानडा जाने विद्यार्थीहरूको ट्रेन्ड हेर्ने हो भने धेरैले सीपयुक्त शिक्षा लिएका छन् । आईटी, इन्जिनियरिङ, एभिएसन, मेडिकल साइन्स, नर्सिङ, एरोस्पेस लगायतका विषयहरू चलेका छन् । यी विषयमा पनि धेरै भेराइटी छ । यस्तै, म्यानेजमेन्ट, एकाउन्ट, फेसन डिजाइनिङ, होटल मेनेजमेन्ट पनि चलेका विषय हुन् । यसका अलावा भोकेसनल कोर्सहरू पनि छन् । मुख्यतः विषय छनौट कक्षा १२ मा कुन विषय पढिएको छ त्यसले निर्धारण गर्छ ।
कस्ता कलेज छनौट गर्ने ?
विदेश
जानुपूर्व नै विद्यार्थीले ध्यान दिनुपर्ने कुरा हो यो । अस्ट्रेलिया,
क्यानडा, यूके, युएसए, युरोप जस्ता देशमा विश्वकै प्रतिष्ठित कलेज र
विश्वविद्यालयहरू छन् । यी कलेज र विश्वविद्यालयमा संसारभरबाट
विद्यार्थीहरू आउने भएकाले नेपाली विद्यार्थीले पनि आफू कुन तहको कलेज वा
विश्वविद्यालयमा पढ्ने हो सुरुमै ध्यान दिन अपरिहार्य छ । सामान्यतया,
नेपाली विद्यार्थीहरू अस्ट्रेलिया, क्यानडा, यूके, युरोपका अन्तराष्ट्रिय
मान्यता प्राप्त कलेज र विश्वविद्यालयमा भर्ना भएका छन् ।
कलेज छनौट गर्ने कुरा विद्यार्थी र अभिभावकको आर्थिक अवस्थाले पनि निर्धारण गर्दछ ।
अर्को महत्वपूर्ण कुरा, विकसित देश भन्दैमा सबै राम्रो हुन्छ भन्ने हुन्न । कलेज छनौट गर्दा कलेजको बारेमा पर्याप्त जानकारी लिनुपर्छ । कलेज कहिले स्थापना भएको हो ? कलेजको पाठ्यक्रम र पूर्वाधार कस्तो छ ? त्यहाँको शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त छ कि छैन ? कुन शैक्षिक निकायबाट सम्बन्धन लिएको हो ? कुन कुन विषय पढाई हुन्छ ? नेपाली विद्यार्थीहरू गएका छन् कि छैनन् ? छात्रवृत्ति छ कि छैन ? शुल्क कस्तो छ ? भन्ने कुरा कलेजको वेभ साइट, सामाजिक सञ्जाल वा शैक्षिक परामर्शदाताबाट बुझ्न आवश्यक छ ।
साथै, त्यो कलेज वा विश्वविद्यालयको नेपालमा आधिकारिक प्रतिनिधि छन् कि छैनन् ? त्यसको सर्टिफिकेट विश्वव्यापी मान्यता प्राप्त छ कि छैन ? त्यो पनि बुझ्नु पर्छ । नेपालको त्रिभुवन विश्वविद्यालयले समेत मान्यता नदिएका धेरै कलेजहरू छन् । अन्तराष्ट्रिय डिग्री हासिल गरेर आइयो तर, आफ्नै देशको विश्वविद्यालयले समकक्षता प्रमाणपत्र दिएन भने डिग्री त खेर जान्छ नै लगानी र समयको समेत बर्बादी हुन्छ ।
अस्ट्रेलिया र क्यानडा नै किन ?
सामान्यतया, नेपाली विद्यार्थीले विदेश पढ्न जाने सोच बनाउँदै गर्दा आफु जान चाहेको देशको शिक्षा प्रणाली, रहनसहन, अवसर र वातावरणको मुल्यांकन गर्नुपर्दछ ।
विदेश अध्ययनका लागि अस्ट्रेलिया नै किन ?
अस्ट्रेलियन
सरकारले अन्तराष्ट्रिय विद्यार्थीलाई आफ्नो अर्थतन्त्रको प्रमुख मेरुदण्ड
मानेर विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्नका लागि लगानीसँगै नीति नियमहरू
निर्माण गर्ने गर्दछ । अस्ट्रेलियन सरकारले शिक्षामा अभूतपूर्व लगानी
गर्दै पाठ्यक्रमलाई विश्वव्यापिकरण गरेको छ । नेपालसँगै विश्वभरबाट
अस्ट्रेलियाका कलेजमा पढ्न विद्यार्थीहरू आउने गर्दछन् । सामाजिक, आर्थिक,
भाषिक, रहनसहन र वातावरणीय हिसाबले पनि नेपाली विद्यार्थीका लागि
अस्ट्रेलिया उपयुक्त देश हो ।
तथ्यांक
हेर्दा नेपालबाट जति विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश गइरहेका छन्
त्यसको करिब ४५ प्रतिशत विद्यार्थी अस्ट्रेलिया गएका छन् । अस्ट्रेलियाको
शिक्षण पद्धति थ्यौरीसँगै प्राक्टिकल बेसमा आधारित छ ।
पछिल्लो दशक अस्ट्रेलियामा नेपाली विद्यार्थीहरूको संख्या बाक्लो बन्दै गएको छ । धेरै नेपालीहरू आफ्नै कम्पनी र बिजनेश खडा गरी नेपाल र नेपालीको शिर उच्च बनाउने गरी सफल भएका छन् । जस्तै, उदाहरणका लागि झापा स्थायी घर भएकी मनस्वोई पौडेल जो विश्वकै उत्कृष्ट विश्वविद्यालयका रुपमा परिचित म्याकव्री युनिभर्सिटीको बोर्ड सदस्यमा निर्वाचित भएकी छिन् । प्रतिष्ठित व्यवसायी शेष घले पनि अस्ट्रेलियाबाटै उदाएका हुन् । यसका अलावा अस्ट्रेलियाका सरकारी तथा संघ संस्थामा रहेर सफल भएका प्रसस्त उदाहरणहरू भेटिन्छन् जो सुरुमा पढ्नकै लागि त्यहाँ पुगेका थिए ।
संघर्ष र मेहनत गर्नेहरूका लागि भने अस्ट्रेलिया, क्यानडा जस्ता देशहरू अवसरका खानी हुन् । मोती टिप्नु छ भने समुन्द्रको गहिराइ बुझ्न जरुरी छ ।
सहज भाषा, रोजगारीको अवसर
अस्ट्रेलियन
सरकारले विदेशी विद्यार्थीको हकमा साताको २० घन्टा काम गर्ने अवसर दिएकाले
अस्ट्रेलिया गएको केही समयपछि काम गर्दै पढ्ने अवसर पाइन्छ ।
अर्को
कुरा भाषिक रुपमा अस्ट्रेलियामा अंग्रेजी भाषा सर्वप्रिय भएकाले काम गर्न र
अध्ययन गर्न सहज हुन्छ । रोजगारीका लागि पनि सहज छ । अस्ट्रेलिया गएको ३
देखि ४ वर्षपछि पीएसडब्लु (पोस्ट स्टडी वर्क) भिसा दिने भएकोले आकर्षक राम्रा कम्पनीहरूमा काम गर्ने अवसर पाइन्छ । अस्ट्रेलिया अध्ययन गर्न कक्षा १२ पास गरी आइएलटिएसमा कम्तिमा ६.५ वा ६ अङ्क ल्याउनु पर्छ ।
उच्च शिक्षाका लागि क्यानडा किन ?
क्यानडाको
कुरा गर्दा गुणस्तरीय शिक्षा त छँदैछ । रोजगारीका लागि पनि अवसर पाइन्छ ।
क्यानडामा अध्ययन पछि प्रसस्त अवसर पाइन्छ । क्यानडामा २० हजार बढी कोर्सहरूकाे पढाई हुन्छ । जुनसुकै विषय पढे पनि अवसर पाइन्छ । टेक्निकल विषयहरू भएकाले हातमा सीप हुन्छ ।
क्यानडामा
आईटी, इन्जिनियरिङ, बिजनेस स्टडिज, ट्राभल एण्ड टुरिजम, नर्सिङ, हेल्थ
फिटनेस, कृषिलगायतका विषयहरू अध्ययन गर्दा स्वदेश र विदेश दुवैमा आकर्षक
अवसर पाइन्छ । यस्तै, विज्ञान, व्यवस्थापन पारामेडिक्स, एभिएसन लगायतका विषयहरू पढाई हुन्छ । क्यानडाका अधिकांश कलेज र विश्वविद्यालयले विदेशी विद्यार्थीलाई योग्यता अनुसार छात्रवृत्ति उपलब्ध गराएका हुन्छन् ।
पढाईसँगै कामको अवसर
क्यानडामा विदेशी विद्यार्थीले हप्ताको २० घण्टा काम गर्न पाउँछन् । अन्य देशले ४ देखि ५ वर्षमा पिएसडब्लु दिँदा क्यानडाले २ देखि ३ वर्षमै दिने गर्दछ । क्यानडा अध्ययनका लागि आइएलटीएसमा कम्तिमा ६.५ अङ्क ल्याएको हुनुपर्दछ । कक्षा ११ र १२ को जिपिए पनि उत्कृष्ट हुनुपर्दछ ।
सहज छ त विदेश ?
विदेश
पढ्न जान्छु भनेर सोच बनाउँदै गर्दा विद्यार्थीले यो प्रश्नको उत्तर
खोज्नु पर्छ । पक्कैपनि सात समुन्द्र पारीको देशमा अध्ययन गर्न सहज छैन ।
त्यसमाथि नेपालमा आमाबुबाको काखमा बसेर सिन्को नभाँची पढेका
विद्यार्थीहरूलाई झनै गाह्रो छ । तर, संघर्ष र मेहनत गर्नेहरूका लागि भने
अस्ट्रेलिया, क्यानडा जस्ता देशहरू अवसरका खानी हुन् ।
मोती टिप्नु छ भने समुन्द्रको गहिराइ बुझ्न जरुरी छ । नेपालमा कक्षा १२ मा राम्रो स्कोर ल्याएका, आइएलटिएस, पिटिईमा राम्रो अंक
ल्याएका, मेहनत गर्ने विद्यार्थीहरूले सहजै अध्ययन गर्न सक्छन् । तर,
अरुको देखासिकी र लहलहैमा विदेश जान्छु भन्नेहरू, मेहनत नगर्नेहरू
असफल हुन्छन् । त्यसो त त्यस्ताका लागि स्वदेशमा पनि ठाउँ हुँदैन ।
कसरी अप्लाई गर्ने ?
अस्ट्रेलिया
होस् वा क्यानडा अथवा युरोपका कुनैपनि देश अध्ययनका लागि गएपनि
विद्यार्थीले नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक परामर्श संस्थाबाट
प्रक्रिया थाल्दा सहज हुन्छ । अस्ट्रेलिया, क्यानडा अध्ययनका लागि जाने
विद्यार्थीले आइएलटिएस, पिटिई
जस्ता भाषा सिकेर परीक्षा उत्तीर्ण गर्नैपर्छ । त्यसपछि कलेज छनौट गर्ने,
अप्लाई गर्ने, भिसा प्रक्रिया, डकुमेन्टेसनका कार्यहरू गर्न शैक्षिक
परामर्श संस्थाको सहयोग लिनु पर्दछ ।
क्याम्ब्रिज नै किन ?
उच्च
शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरूले कन्सल्टेन्सी छनौटमा ध्यान
नदिँदा दुखः पाएका धेरै उदाहरणहरू छन् । हामी विगत १५ वर्षदेखि शैक्षिक
परामर्श क्षेत्रमा काम गरिरहेका छौं । ‘क्याम्ब्रिज’ परिवार भित्रका
व्यक्तिहरूले सञ्चालन गरेको नेपाल सरकारको मान्यता प्राप्त संस्था हो ।
१५
वर्षको दौरानमा हामीले अस्ट्रेलिया, क्यानडासँगै यूके, यूएसए,
न्युजिल्याण्ड जस्ता प्रतिष्ठित देशहरूमा उच्च शिक्षाका लागि सयौँ
विद्यार्थीहरू पठाइसकेका छौं । हामी विद्यार्थीलाई झुटा कुरा गरेर भ्रम
छर्दैनौँ । हाम्रो अस्ट्रेलिया र यूकेमा सम्पर्क कार्यालय समेत रहेको छ ।
त्यहाँ कुनैपनि विद्यार्थीलाई समस्या आएको खण्डमा हाम्रा प्रतिनिधिहरूले
सहयोग गर्नेछन् । साथै, हामीसँग अस्ट्रेलिया, क्यानडाका प्रतिष्ठित कलेज र
विश्वविद्यालयहरू सँग राम्रो सम्बन्ध रहेको छ ।
लेखकः क्याम्ब्रिजका संस्थापक निर्देशक हुन् ।
0 प्रतिकृया