एसिया क्रिकेटः पाकिस्तानद्वारा नेपाललाई ३ सय ४३ रनको लक्ष्य
काठमाडाैं, १३ भदाै । पाकिस्तानले एसिया कपको उद्धघाटन खेलमा नेपाललाई ३ सय ४३ रनकोे लक्ष्य दिएको छ । पाकिस्तानकाे मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाउँदा कप्तान बाबर आजम र इफ्तिखार अहमदको आक्रामक शतक खेले ।
पाकिस्तानका बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको शतकीय इनिङ खेल्दा इफ्तिखार अहमदले पनि पहिलाे शतक खेले । बाबर अन्तिम ओभरमा सोमपाल कामी चौथो बलमा वैकल्पिक फिल्डिर सन्दीप जोराबाट क्याच आउट भए ।
इफ्तिखार अहमद ७१ बलमा ११ चौका र ४ छक्कासहित १ सय ९ रनमा अविजित रहे । उनले ६७ बलमा अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हाने । पाँचौं विकेटका लागि अहमद र बाबरले १ सय ३१ बलमा २ सय १४ रनको दोहोरो शतकीय साझेदारी गर्दै पाकिस्तानकाे याेगफल तीन सय कटाए ।
६.१ ओभरमा २५–२ को अवस्थामा पुगेको पाकिस्तानलाई तेस्रो विकेटका लागि रिजवान र बाबरले ८६ रनको साझेदारी गर्दा विकेटकिपर मोहम्मद रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान रन आउट हुन पुगेका थिए ।
नेपालले सुरुवात भने राम्रो गर्दा करण केसीले छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच गराएका थिए ।
सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा अर्का ओपनर इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए । त्यसअघि आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए । तर उक्त जीवनदानको उनले फाइदा उठाउन सकेनन् । अघा सलमान ५ रनमा क्याच आउट भएका थिए ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चेर २ विकेट लिएका छन् ।
0 प्रतिकृया