कुलेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, १३ भदौ । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेजले काठमाडौंको कुलेश्वरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले बुधबार कुलेश्वर सेकेण्डरी स्कुलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिविरमा ४५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा ८७ जनाको इसिजी, १०३ जनाको ल्याब परीक्षण, ९१ जनाको भिडियो एक्सरे तथा १३ जनाको दाँत समेत खोलिएको छ ।
त्यस्तैगरी, शिविरमा स्वास्थ्य जाँचका लागि आएका मध्ये २७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । केएमसीको स्वास्थ्य सेवालाई सर्वसाधारण माझ पुर्याउन निःशुल्क स्वास्थ्य परीक्षण चलाइएको हो ।
केएमसीमा निःशुल्क स्वास्थ्य परीक्षणको अभियान तत्कालिन कार्यकारी अध्यक्ष हात संघीय सांसद डा. सुनिलकुमार शर्माले चलाएका हुन् । डा. शर्माको अभियानलाई गाउँगाउँमा पुर्याउन लागि पर्ने केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् ।
0 प्रतिकृया