प्रचण्डजीलाई निर्लज्जतापूर्वक ‘नाङ्गो’ देखिरहेको छु’ सांसद सुनिल शर्मा (भिडियाे सहित)
एक्सन खबर
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्लज्ज भइसकेको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद सुनिलकुमार शर्माले बताएका छन् । नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष जशक्तिहरुको अभाव हुँदै गएको स्वीकारेका प्रचण्डलाई आफ्नै नेतृत्वमा आफ्नै कार्यकर्ताद्वारा नेपालको मेडिकल शिक्षा ध्वस्त बनाएको आरोप लगाउँदै सांसद डाक्टर शर्माले प्रधानमन्त्री प्रचण्ड नाङ्गो भइसकेको जिकीर गरे ।
‘निजी क्षेत्रको आवाज’ नामक कार्यक्रममा बोल्दै सांसद डा. शर्माले भने–‘मान्छेले जब लाजशरम पचाउँछ नी !, त्यो पनि देशको प्रधानमन्त्रीले, उहाँ सर्ट कोट पेन्ट टाईमा हुनुहुन्छ तर, म उहाँलाई निर्लज्जतापूर्वक ‘नाङ्गो’ देखिरहेको छु ।’ नेपालको चिकित्सक शिक्षालाई धरासायी बनाउन प्रचण्डको अहम् भूमिका रहेको भन्दै डा. शर्माले प्रमाणित गरेर देखाइदिने दावी समेत गरे ।
त्यसअघि कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा अबको १, २ वर्षपछि नर्सहरु नपाईने, नीजि क्षेत्र र बाहिरी लगानीहरु आकर्षित गर्न नसकिएको स्वीकार्दै बोलेको भिडियो क्लिप प्रशारण गर्दै डा. शर्माले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी प्रचण्डको कार्यकर्ता भएको जिकीर गरे ।
प्रचण्डकै नेतृत्वमा तत्कालिन शिक्षामन्त्री गिरीराजमणी पोखरेल समेतले नेपालका नर्सिङ कलेजहरु बन्द गरेर भारतीय सिमा क्षेत्रमा नर्सिङ कलेजहरु खोलिएको समेत बताउँदै उनले भने,‘चिकित्सा शिक्षा आयोगलाई गत ४ वर्षदेखि सञ्चालन गरेर बसिरहनु भएको डाक्टर श्रीकृष्ण गिरी भन्ने मान्छे प्रचण्डजीको नेतृत्वमा तत्कालिन शिक्षामन्त्री गिरीराजमणी पोखरेल समेतले नेपालमा ११७ वटा चालू अवस्थामा रहेका नर्सिङ कलेजहरु मध्ये ७८ वटा नर्सिङ कलेजहरुलाई बन्ध्याकरण गर्नुभयो ।’ विश्व बजारमा नभई नेपालभित्रै नर्सहरु नपुग्ने गरी भारतीय बोर्डरभित्र १६७ वटा नर्सिङ कलेज खोलेर पढ्न बाध्य तुल्याएको डा. शर्माले आरोप लगाए ।
आफैं सत्तामा भएको बेला आफ्नै शिक्षामन्त्री भएको बेला आफ्नो कार्यकर्तालाई नियुक्ति गरेर नेपालको मेडिकल शिक्षा र नर्सिङ शिक्षालाई ध्वस्त बनाएपछि अहिले आएर प्रचण्डको अभिव्यक्ति नेपाली उखान ‘......रुवाई’ जस्तै भएको डा. शर्माको तर्क छ ।
डा.शर्माले प्रचण्डले श्रीकृष्ण गिरी आफ्नो कार्यकर्ता भएको स्वीकार्दै गलत भयो करेक्सन गर्छौं भनेको २ घण्टाभित्र निर्णय गरे १ महिना भित्र ५ सय नर्सिङ कलेजहरु सञ्चालनमा आउने दावी गरे । ‘राज्यलाई हेक्का रहोस् कोरोनाका टाइममा नेपाली जनताले अक्सिजन नपाएर अस्पतालका करिडोरमा छट्पटाएर मरेको हामीले आँखाले देखिरहेका छौं, त्यसरी नै आजको ५ वर्षभित्रमा नर्मल नागरिकले एउटा स्लाइन चलाउन नसक्ने नर्सहरुको अभावमा, डाक्टरको अभावमा फेरी करिडोरमा जीवन विताउनु पर्नेछ, मृत्युवरण गर्नुपर्ने दिन आउँदैछ ।’ वार्षिक १४ सय नर्सिङ उत्पादन गरेर मुलुकलाई नपुग्ने डा. शर्माले जिकीर गरे ।
साथै, उनले सत्याग्रही डाक्टर गोविन्द केसीलाई देखाएर रातारात कानुन पास गरेर, सम्झौता गरेर नीजि मेडिकल व्यवसायलाई ध्वस्त बनाएको बताए । विश्व बजारमा सबैभन्दा महंगो तलबमा काम गर्न सक्ने नेपाली मेनपावरलाई पढ्नबाट बञ्चित गरिएको तर्कगर्दै डा. शर्माले नेपाली युवाहरुलाई विश्वबजारमा सामान्य श्रम गर्ने अवस्था राज्यले सृजना गरेको जनाए ।
0 प्रतिकृया