पेट्रोल, डिजेल र एलपी ग्यासमा कति मुल्य बढ्याे ?
काठमाडौं, १४ भदौ । पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएकाे छ । नेपाल आयल निगमकाे बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्राेल, डिजल र एलपी ग्यासमा मुल्य वृद्धि गरेकाे हाे ।
निगमले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको छ । अब उपत्यकामा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
0 प्रतिकृया