४८ एसपी र १२० डीएसपीको सरुवा, काे कहाँ पुगे ?
एक्सन खबर
काठमाडौं, १६ भदौ । नेपाल प्रहरीले ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायव प्रहरी उपरीक्षा (डीएसपी)हरूको सरुवा गरेकाे छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित एकै पटक ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो ।
बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखामा सरुवा गरिएको छ । कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा भएको छ । दाङका प्रमुख वीरबहादु ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखामा सरूवा गरिएकाे छ ।
रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइदा नुवाकोटका रमेश पण्डितलाई प्रदेश कार्यालयको अपराध अनुसन्धान शाखा भैरहवा, डोटीका राजेन्द्रप्रसाद धमलालाई प्रहरी प्रधान कार्यालयको कानून शाखा सरुवा गरिएको नेपाल प्रहरीले जनाएकाे छ ।
यस्तै, पूर्वी नवलपरासीका एसपी भुवनेश्वर तिवारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगंज पठाइएकाे छ । पश्चिम नवलपरासीका एसपी विनोद सिलवाललाई कोशी प्रदेश प्रहरी कार्यालय, कपिलवस्तुका प्रेमबहादुर बस्नेतलाई नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर पठाइएको प्रहरी प्रधान कार्यालय, मानव श्राेत विकास विभागका प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले जनाएका छन् ।
सुनसरीका प्रभुप्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगंज, भक्तपुरका प्रजित केसीलाई प्रदेश कार्यालय वीरगंज, उदयपुरका ज्ञानेद्र फुयाललाई मानव बेचबिखन अनुसन्धान व्यूरोमा सरुवा गरिँदा केन्द्रीय अनुसन्धान व्यूराे अनुसन्धान शाखाका प्रहरी उपरीक्षक संजय सिं थापालाई जिल्ला प्रहरी कार्यालय नुवाकाेट पठाइएकाे छ ।
काे कहाँ पुगे ?
0 प्रतिकृया