Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


काठमाडौँ महानगर १६ का वडाध्यक्षकाे रिजालको निधन

एक्सन खबर
भदौ, २१, २०८०


काठमाडौँ महानगर १६ का वडाध्यक्षकाे रिजालको निधन

काठमाडौं, २१ भदाै । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उच्च ज्वराे र निमाेनियाका कारण उपचारका क्रममा उनको आज विहान ७:३० बजे निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र निमोनियाँ देखिएपछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार भएकाे थिएन ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाअनुसार उनको पार्थिक सरीरलाई श्रद्धाञ्जली दिनका लागि विहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए । 













0 प्रतिकृया