काठमाडौँ महानगर १६ का वडाध्यक्षकाे रिजालको निधन
काठमाडौं, २१ भदाै । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उच्च ज्वराे र निमाेनियाका कारण उपचारका क्रममा उनको आज विहान ७:३० बजे निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ ।
उच्च ज्वरो र निमोनियाँ देखिएपछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार भएकाे थिएन ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाअनुसार उनको पार्थिक सरीरलाई श्रद्धाञ्जली दिनका लागि विहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।
नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।
0 प्रतिकृया