चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर अञ्जनीकुमार झा
एक्सन खबर
काठमाडाैं, २१ भदाै । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर अञ्जनीकुमार झालाई नियुक्त गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा नेपाल क्यान्सर अस्पतालका डा. झालाई नियुक्त गरेको हो ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएकोमा डा. झाले बाजी मारे । आयोगको उपाध्यक्ष पदको लागि डा. झासँगै डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको थियो ।
आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेकोमा उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन दिएका ९ जनासँग भदौ १७ र १८ गते अन्तर्वार्ता र प्रस्तुतिकरण हेरेको थियो ।
अहिलेका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको कार्यकाल यही भदौ २५ गते सकिँदैछ । सरकारले त्यसअघि नै नयाँ उपाध्यक्षकाे टुंगाे लगाएकाे हाे ।
0 प्रतिकृया