Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


राजनीतिक नेतृत्वमा अध्यात्मिक सोच हुनुपर्छः सांसद भगबती चौधरी

एक्सन खबर
भदौ, २२, २०८०


राजनीतिक नेतृत्वमा अध्यात्मिक सोच हुनुपर्छः सांसद भगबती चौधरी

काठमाडौं, २२ भदौ । सांसद भगबती चौधरीले ओमशान्ति परिवारले मानवताको क्षेत्रमा विश्वलाई एकत्रित गर्दै सकारात्मक सन्देश प्रवाह गरेको बताएकी छन् । आजको समयमा मानव एकता कायम गर्दै सामाजिक सद्भाव, भाईचारा कायम गर्न राजनीतिक नेतृत्वहरुको महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दे प्रतिनिधि सभा सदस्य चौधरीले ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले फैलाएको शान्तिको सन्देश राजनीतिक नेतृत्वले पनि अनुशरण गर्नुपर्ने बताइन् ।

समाजमा भाइचारा, प्रेम र सद्भाव कायम गर्न नेतृत्वले असल व्यवहार प्रस्तुत गर्नुपर्ने बताउँदै चौधरीले नेतृत्वमा आध्यात्मिक सोच हुनुपर्ने पनि बताइन् । ‘राजनीतिक नेतृत्वमा आध्यात्मिक सोच भयो भने उसले सोच विचार गरेर मात्र बोल्दछ । उभित्र नकारात्मक भन्दापनि सकारात्मक विचार बस्दछ ।’ भारत, राजस्थान स्थित माउण्ड आबुमा आयोजित प्रेरणादायी नेतृत्वकालागि विषयक राजनीतिज्ञहरुको सम्मेलनमा बोल्दै भनिन् ।

नेपालको समाजमा सकारात्मक सोच विकास गर्न, शान्ति कायम गर्न तथा समाजलाई एकताबद्ध बनाउन ओमशान्ति परिवारले योगदान दिएको बताउँदै चौधरीले अहिले विश्व नै अशान्त भइरहेकोमा त्यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको पनि बताइन् ।

सम्मेलनमा नेपाल र भारतका राजनीतिज्ञहरुको सहभागीता रहेको छ । सम्मेलन ४ दिनसम्म चल्ने बताइएको छ ।  सो क्रममा सांसद चौधरीले ब्रम्हकुमारीद्वारा निर्मित ७७०  मेगावाटको सोलार प्यानल, ब्रम्हकुमारी तपोवन तथा मानसरोवर लगायतको अध्ययन अवलोकन गरेकी थिइन् ।




















0 प्रतिकृया