औषधि व्यवसायी संघको अध्यक्षमा खण्डेलवाल बिजयी
एक्सन खबर
काठमाडौं, २३ भदौ । नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल बिजयी भएका छन् । विरगञ्जमा भएको निर्वाचनमा अध्यक्ष पदका अर्का प्रतिस्पधी लोकहरि श्रेष्ठलाई पराजित गर्दै खण्डेलवाल बिजयी भएका हुन् ।
श्रेष्ठलाई १७ मतले पछि पार्दै खण्डेलवाल बिजयी भए । खण्डेलवालले १०४ मत पाउँदा श्रेष्ठले ८७ मत मात्रै पाए । बरिष्ठ उपाध्यक्षमा रामप्रसाद खरेल बिजयी भए । उनले १४१ मत पाए । उनका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मत प्राप्त गरे ।
यस्तै तीन उपाध्यक्षमध्ये थोकतर्फ टंकप्रसाद अधिकारीले १३३ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी प्रकाशकुमार श्रेष्ठले ५६ मत प्राप्त गरे । खुद्रा उपाध्यक्ष तर्फ यमनाथ पौडेलले १०७ मत ल्याएर बिजयी भए । उनका प्रतिस्पर्धी हरिप्रसाद बिडारीले ८१ मत प्राप्त गरे । आयात तर्फ उपाध्यक्षमा रामचन्द्र शर्मा १११ मतका साथ बिजयी हुँदा उनका प्रतिस्पर्धी शेखर श्रेष्ठले ७३ मत मात्रै प्राप्त गरे ।
महासचिव पदमा श्रीधर खनाल बिजयी भए । उनले ९७ मत ल्याए । उनका प्रतिस्पर्धी प्रशान्त मानन्धरले ९० मत मात्रै पाए । कोषाध्यक्षमा सम्राट जोशी ९८ मत ल्याएर बिजयी हुँदा उनका प्रतिस्पर्धी राजेशकुमार प्रधानले ८९ भोट ल्याए । सचिव पदमा कृष्णबहादुर रोकायले १०७ मत ल्याएर बिजयी भए । उनका प्रतिस्पर्धी श्रृजन भट्टराईले ८३ मत पाए ।
0 प्रतिकृया