नेम्वाङलाई राष्ट्रिय सम्मान, राजकीय अन्त्येष्टि
काठमाडौं, ६ भदौ । संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरिएकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए ।
नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने भएकाले जुन दिन अन्त्येष्टि गरिन्छ, त्यही दिन सरकारले सार्वजनिक बिदा दिने छ ।
नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलकाे उपनेता समेत रहेका नेम्वाङको आज बिहान ह्दयघातका कारण निधन भएको हाे ।
0 प्रतिकृया