Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


सुवास नेम्वाङको निधनले स्तब्ध छु: कांग्रेस सभापति देउवा

एक्सन खबर
भदौ, २६, २०८०




सुवास नेम्वाङको निधनले स्तब्ध छु: कांग्रेस सभापति देउवा

काठमाडौं, २६ भदौ । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताए ।

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ देउवाले लेखेका छन् ।

गएराति १ बजे हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषित गरेका थिए । उनकाे भाेली राजकीय सम्मानका साथ अत्येष्टि गरिने मन्त्रिपरिषद्ले निर्णय गरेकाे छ ।













0 प्रतिकृया