Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


असल अभिभावक गुमाएँः सांसद भगबती चाैधरी

एक्सन खबर
भदौ, २६, २०८०




असल अभिभावक गुमाएँः सांसद भगबती चाैधरी

काठमाडौं, २६ भदौ । संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफु मर्माहत भएको नेकपा एमालेकी नेतृ पूर्वमन्त्री भगबती चौधरीले बताएकी छन् । प्रतिनिधि सभा सदस्य चौधरीले असल अभिभावक गुमाएको उल्लेख गरेकी छन् ।

भारतको राजस्थानमा ब्रम्हकुमारी सेवा केन्द्रको कार्यक्रममा भाग लिन पुगेकी चौधरीले सामाजिक सञ्जालमा उल्लेख गर्दै ५ अगाडी मात्र नेम्वाङसँग कुराकानी भएको स्मरण गर्दै असामयिक निधनले आफु मर्माहत भएको बताएकी छन् । ‘अति दुःखद घटना पत्याउनै नसक्ने, मनले थामि सक्नु छैन एक असल अभिभावक गुमाएको छौं ।’ लेखेकी छन् ।

५ दिन अगाडी मात्र आफु ब्रम्हकुमारी सेवा केन्द्र जान लागेको जानकारी गराउँदा नेम्वाङले अगाडी भनेको भए आफुपनि जाने बताएको चौधरीले उल्लेख गरेकी छिन् । ‘५ दिन अगाडि भरखर कुरा भएको थियो, म ईन्डिया जॉंदै छु दाइ माउण्ट आबू ब्रहमकुमारीमा राजनेता नेतृत्वदायी कार्यक्रममा उहॉंले ए म पनि जान्थे नि अगाडि थाहा पाको भए मलाई यहॉंको भाइजि दिदिहरुले भनेको भनै छ भन्नु भएको थियो ।’

उनले नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकी छन् । ‘अलबिदा सुभाष दाइः तपाईको आत्माको चीर शान्ती तथा स्वर्ग प्राप्ति होस् भनि भावपूर्ण श्रद्धाञ्जली !  यो दुःखको घडिमा रहनु हुने शोकाकुल परिवार जन ईष्टमित्रमा शोकलाई शक्तिमा बदल्ने साहस मिलोस गहिरो संबेदना !














0 प्रतिकृया