Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


तीज गितमा धक फुकाएर नाचे एनएमसीका महिला स्वास्थ्यकर्मी (भिडियाे सहित)

एक्सन खबर
भदौ, २७, २०८०


तीज गितमा धक फुकाएर नाचे एनएमसीका महिला स्वास्थ्यकर्मी (भिडियाे सहित)

काठमाडौं, २७ भदौ । सनातन हिन्दु धर्मावलम्वी महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा नेपाल मेडिकल कलेजले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कलेजमा कार्यरत महिला स्वास्थ्यकर्मीहरु धक फुकाएर नाचे । बुधबार कलेज परिसरमा आयोजित तीज शुभकामना तथा दर खाने कार्यक्रममा अरु बेला सेतो एप्रोन लगाएर २४ सै घण्टा बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मीहरु आज रातो सारी, रातो टिकामा सजिएर आए ।

फरक पहिरनमा चिटिक्क परेर आउनु भएका स्वास्थ्यकर्मी र महिला कर्मचारीहरुले तीजका गीतहरुमा धक फुकाएर नाच्दै एकापसमा शुभकामना दिँदै गर्दा कलेजका ब्यवस्थापन टीमले समेत सहभागीता जनायो ।  तीज गीतमा महिला स्वास्थ्यकर्मीहरु चानगान गर्दागर्दै आइपुगेका कलेजका प्रिन्सिपल प्रा.डा.प्रमोदकुमार क्षेत्री, अस्पताल निर्देशक डा. राजेश किशोर श्रेष्ठ, डा. मोदनाथ मरहठ्ठा, निर्देशकद्वय जहाँगिर अन्सारी, साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का, हस्पिटल इन्चार्ज दिलिप साह समेत सहभागी भए ।

सो अवसरमा कलेजमा कार्यरत महिला स्वास्थ्यकर्मी, नर्स तथा कर्मचारीहरुलाई कलेजको तर्फबाट आकर्षक उपहार समेत दिइएको थियो । महिलाहरुको चाडलाई विशेष बनाउने उद्देश्यले कलेज आफैले शुभकामना आदानप्रदान कार्यक्रम राखिदिएको हस्पिटल इन्चार्ज दिलिप साहले जानकारी दिए । ‘दिनरात नभनी विरामीको सेवामा खटिनुहुने कतिपय महिला दिदिबहिनीहरु चाडवाड मान्न पनि पाउनुहुन्न । उहाँहरुलाई खल्लो नहोस् भनेर हामी आफैंले कार्यक्रम बनाएका हौं ।’ साहले भने ।

तीज पर्वले नेपाली महिलाहरुलाई सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा बलियो बनाउन सहयोग पुग्ने तथा सामुहिक रुपमा तीज मनाउँदा आपसी मित्रताको विकास पनि हुने गरेको छ । पछिल्लो समय कतिपयले तीजलाई भड्किलो चाडवाडका रुपमा प्रस्तुत गरेकोले यसको महत्व कम हुँदै गएपनि सामुहिक रुपमा यस्ता कार्यक्रमहरुले तीजको महत्व र मौलिकता जोगाइरहेको पाइन्छ ।























0 प्रतिकृया