Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


काभ्रेको कुशादेवीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
भदौ, २९, २०८०




काभ्रेको कुशादेवीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २९ भदौ । काभ्रेको कुशादेवीमा काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले आज काभ्रे पनौतीको कुशादेवी वडा नं. २ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा ६२२ जना सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ९२ जनाको इसिजी, १८८ जनाको ल्याब परीक्षण, १५५ जनाको भिडियो एक्सरे गरिएको छ । साथै, शिविरमा स्वास्थ्य जाँचका लागि आएका मध्ये २१ जनाको दाँत खोलिएको तथा २९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

लायन्स क्लब अफ काभ्रे फुल्चोकी र पनौती नगरपालिका वडा नं. २ सँगको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमा सो क्षेत्रका गरिब विपन्न नागरिक, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले स्वास्थ्य जाँच गराएका थिए । केएमसीबाट नाक कान घाँटी, जनरल मेडिसिन, स्त्री तथा प्रसुति रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, बाल रोग, जनरल सर्जरी विभागका चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका थिए ।

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी लाभान्वित भइरहेको कलेजकी कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्माले केएमसीको स्वास्थ्य सेवालाई जनस्तरमा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेका थिए ।




















0 प्रतिकृया