Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


काठमाडाैं गैह्रीगाउँमा एकै परिवारका तीन सहित चारकाे हत्या, एक जना पक्राउ

एक्सन खबर
भदौ, ३०, २०८०


काठमाडाैं गैह्रीगाउँमा एकै परिवारका तीन सहित चारकाे हत्या, एक जना पक्राउ

काठमाडाैं ३०, भदाै । तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको विभत्स हत्या भएको छ । गैह्रिगाउँकाे दिव्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको हत्या भएको हो ।

काष्ठ मिलमा सुरक्षा गार्डको रुपमा काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको हत्या भएको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीका अनुसार घटनास्थलबाट सोधपुछको लागि काठमाडौं महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ ।

राईलाई कपडा र जुत्तामा रगत लागेको तथा मदिरा सेवन गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । हत्या भएका चारै जनाको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।













0 प्रतिकृया