Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


प्रधानमन्त्री दाहाल आज अमेरिका जाँदै

एक्सन खबर
भदौ, ३०, २०८०




प्रधानमन्त्री दाहाल आज अमेरिका जाँदै

काठमाडाैं, ३० भदाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त राष्ट्रसंघकाे महासभामा सहभागी हुन अमेरिका जाँदैछन् । आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क जाने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

१८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालका प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड अमेरिका जान लागेका हुन् ।

भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुनेछ । प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड रहेका छन् ।

महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेकाे छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन् ।

उनी असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन् । प्रधानमन्त्री प्रचण्डकाे अमेरिका र चीन भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेकाे छ ।













0 प्रतिकृया