भाेलीबाट देशभरका अस्पतालहरूमा आकस्मिक वाहेकका सेवा बन्दकाे घाेषणा
काठमाडौं, ३० भदौ । हेटौडास्थित सञ्चो अस्पतालमा कार्यरत आफ्ना दुई जना सदस्य कुटिएको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ ।
संघले देशभरका सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सवास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गर्ने घाेषणा गरेकाे हाे ।
यसअघि संघले कुटपिटमा सम्लग्न व्यक्तिहरुको पहिचान गरी कानूनी प्रक्रिया अघि बढाउन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएकोमा सरकारले माग पुरा नगरेपछि कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य भएको बताइएकाे छ ।
भदौ २७ गते सञ्चो अस्पतालमा डिउटीमा रहेका डाक्टरद्धय विकास थापा र प्रशान्त बिडारीमाथि एक महिना अघि मृत्यु भएका बिरामीको आफन्तहरुले सांघातिक आक्रमण गरेका थिए । प्रहरीले आक्रमण गर्ने समूहमध्येका ४ जनालाई नियन्त्रणमा लिएको बताएको छ ।
संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की र महासचिव डा. सञ्जीव तिवारीले सरकार समक्ष सात बुँदे माग राख्दै घटनामा संलग्न सम्पूर्ण दाेषीहरूकाे अबिलम्ब छानविन गरी फाैजदारी अभियाेग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाकाे सुरक्षा सम्बन्धी पहिलाे संसाेधन ऐन २०७९ बमाेजिम कानूनी कारवाहीकाे सुनिश्चतता हुनुपर्ने, देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलकाे ब्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने ब्यवस्था अबिलम्ब मिलाउनु पर्ने लगायतकाे माग गरिएकाे छ ।
0 प्रतिकृया