Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


केएमसीको स्वास्थ्य शिविरमा पूर्वकानुनमन्त्री र पूर्वप्रधानन्यायाधिशको स्वास्थ्य जाँच

एक्सन खबर
असोज, ३, २०८०


केएमसीको स्वास्थ्य शिविरमा पूर्वकानुनमन्त्री र पूर्वप्रधानन्यायाधिशको स्वास्थ्य जाँच

काठमाडौं, ३ असोज । काठमाडौं मेडिकल कलेज (केएमसी)को निःशुल्क स्वास्थ्य शिविरमा पूर्वकानुनमन्त्री र पूर्वप्रधानन्यायाधिशले स्वास्थ्य जाँच गराएका छन् । सामुदायिक विकास समिति र मदन भण्डारी स्मृति बाटिका तिनकुने, सुविधानगरको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा पूर्वकानुनमन्त्री अग्नी खरेल तथा पूर्वप्रधानन्यायाधिश हरिकृष्ण कार्कीले समेत स्वास्थ्य जाँच गराएका हुन् ।

केएमसीको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा पूर्वकानुनमन्त्री र पूर्वप्रधानन्यायाधिशले स्थानीय सर्वसाधारणसँगै स्वास्थ्य जाँच गराएका हुन् । ट्रिटन सेकेण्डरी स्कुलसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य जाँच गरेको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, हाडजोर्नी तथा नसा रोग, छाला रोग, नाक कान घाँटी, आँखा तथा दन्त रोग विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका छन् ।

शिविरमा ४५८ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १३० जनाको इसिजी, १६० जनाको ल्याब परीक्षण तथा १६० जनाको भिडियो एक्सरे र ५ जनाकाे इकाे समेत गरिएको छ । त्यस्तै शिविरमा आएका मध्ये २ जनाको दाँत खोलिएको र २९ जनालाई थप उपचारकालागि ओ.टी. रेफर गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामुदायिक संस्था, क्लबहरुसँगको सहकार्यमा टोलटोलमा स्वास्थ्य शिविरहरु चलाईरहेको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्माले सर्वसाधारण माझ केएमसीको स्वास्थ्य पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए ।



















0 प्रतिकृया