Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


शिक्षकहरुको माग तुरुन्त सम्बोधन गर्न काेइराला र शर्माकाे माग

एक्सन खबर
असोज, ५, २०८०




शिक्षकहरुको माग तुरुन्त सम्बोधन गर्न काेइराला र शर्माकाे माग

काठमाडौं, ५ असाेज । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला तथा सांसद डाक्टर सुनिलकुमार शर्माले शिक्षकहरुले राखेका मागहरु तुरुन्त सम्बोधन गर्न सरकार समक्ष आग्रह गर्नुभएको छ ।  

डा. काेइरालाले सामाजिक सञ्जालमा लेख्दै शिक्षकहरूका माग व्यवहारिक, कानूनी र संवैधानिक रहेकाले उनीहरूकाे माग तत्काल संवाेधन गर्न माग गर्नु भएकाे हाे । त्यस्तै सांसद शर्माले पनि शिक्षा विधेयकमा देखिएका असहमतिलाई तत्काल संवाेधन गर्दै विद्यालय खाेल्ने वातावरण बनाउन सरकार लाग्नु पर्ने जनाउनु भएकाे छ ।                                       

‘शिक्षकहरुका मागहरु केही व्यावहारिक, कानूनी र संवैधानिक छन् । दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ । व्यावहारिक कारणले त्यसो हुन सकेको देखिन्न । यस्ता मागहरु तुरुन्त सम्बोधन गरौँ ।’ कांग्रेस नेता डा. काेइरालाले उल्लेख गर्नु भएकाे छ ।
                                                                         
उहाँले कानूनीरुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरुको भूमिकाको उच्च मूल्यांकन गर्दै विधेयकमा आवश्यक प्रावधान समेट्न र आन्दोलन आजै सहमतिमा टुंग्याउन अनुरोध गर्नुभएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहनुभएका शिक्षकहरु आज विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य हो’, उहाँले भन्नुभएको छ, ‘यस्ता संवेदनशील विषयमा सरकार जिम्मेवार बनोस् र तुरुन्त समस्या समाधान गरोस् ।’

यस्तै डा. शर्माले विद्यालय शिक्षा सम्बन्धि विधेयकमा उठेका प्रश्नहरुकाे राज्यले संंवाेधन गर्नुपर्ने बताउनु भएको छ । विज्ञप्ति जारी गर्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुकाे आन्दोलन प्रति ऐक्यबद्धता र समर्थन जनाउँदै माेरङ क्षेत्र नं ३ का सांसद डा. शर्माले शिक्षा विधेयकमा देखिएका असहमतिलाई तत्काल संवाेधन गरिनुपर्ने बताउनु भएकाे हाे ।

डा. शर्माले शिक्षा सम्बन्धि विधेयककाे विषयमा आम शिक्षकहरूकाे विमतीलाई उजागर गर्दै सबैकाे साझा सराेकारलाई उचित ढंगबाट संवाेधन गर्नकाे लागि आन्दोलित भएकाे सन्दर्भमा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका लगायत सुरक्षा निकाय, निजामती, व्यवसायीक, व्यापारिक, निजी तथा सामुदायिक संघ संस्थाहरुका लाखौं दक्ष जनशक्ति उत्पादन आम जनतालाई शिक्षाकाे उज्यालो प्रकाशबाट प्रज्वलित बनाउन अहाेरात्र खटिने शिक्षकहरुकाे उचित मागहरुमा आफ्नो समर्थन रहेकाे जनाउनु भएकाे छ ।

विद्यालय शिक्षा सम्बन्धि विधेयकमा उठेका प्रश्नहरुकाे राज्यबाट यथासक्य चाँडो उचित संवाेधन हुनुपर्ने कुरामा कसैकाे विमति नरहेकाे जनाउँदै सांसद शर्माले शिक्षकहरुकाे मागलाई लत्याउने गरियाे भने त्यसले देशलाई शिक्षाकाे क्षेत्रमा धेरै पछि धकेल्ने जिकिर गर्नु भएकाे छ ।  
 
शिक्षा विधेयकमा असहमति राख्दै ३ दिनदेेखि राजधानी केन्द्रीत आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय बन्द हुँदा विद्यार्थीहरु पठनपाठनबाट बञ्चित भएका छन् ।

आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ । त्यो माग पूरा गर्न भन्दै शिक्षकहरूले ३ असोजदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।














0 प्रतिकृया