Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


गमगढीमा भीषण आगलागी, ८ घर जलेर नष्ट

एक्सन खबर
असोज, ६, २०८०




गमगढीमा भीषण आगलागी, ८ घर जलेर नष्ट

काठमाडौं, ६ असोज । मुगुकाे सदरमुकाममा गमगढी बिच बजार कालिका मालिका मन्दिर दक्षिणमा भीषण आगलागी भएकाे छ । आगलागी हुँदा ८ घर जलेर नष्ट भएका छन् । शुक्रबार राती १:४५ बजे भएको आगलागीबाट गमगढी बजारका ८ घरहरू र ती घरहरूमा रहेका ९ पसल, गोदाम समेत जलेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले शुक्रबार राती आगलागी भएकाे जानकारी दिँदै  आगलागीबाट मानवीय क्षती भने नभएकाे बताए ।

प्रहरीका अनुसार स्थानीय तार्के लामा, सोनाम लामा, ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा जलेका छन् । घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौंको क्षती हुन सक्ने अनुमान गरिएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिएका छन् । आगो कसरी लाग्यो भन्ने कुराको जानकारी प्राप्त हुन सकेको छैन । तस्विरः कविराज कार्कीकाे फेसवुकबाट साभार
















0 प्रतिकृया