Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीद्वारा ‘गार्ड अफ अनर’

एक्सन खबर
असोज, ८, २०८०


प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीद्वारा ‘गार्ड अफ अनर’

काठमाडाैं, ८ असाेज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चीनमा भब्य स्वागत गरिएकाे छ । चिनियाँ समकक्षी ली छ्याङले प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर दिँदै भव्य स्वागत गरेका हुन् ।

आइतबार बिहान चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लिजीसँगको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड समकक्षी ली लाई भेट्न पुगेकाेमा उनको स्वागतमा राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले ‘गार्ड अफ अनर’ दिएको हाे ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको छ । भेटमा बीआरआई दुइ देशबिच सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल भएको बताइएको छ ।
















0 प्रतिकृया