Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


नेपाल मेडिकल कलेजमा ७१ वर्षीय बृद्धको मुत्रथैलीको क्यान्सरको सफल उपचार

एक्सन खबर
असोज, ११, २०८०


नेपाल मेडिकल कलेजमा ७१ वर्षीय बृद्धको मुत्रथैलीको क्यान्सरको सफल उपचार

काठमाडौं, १० असोज । नेपाल मेडिकल कलेजमा मुत्रथैलीको क्यान्सर पिडित बृद्धको सफल उपचार गरिएको छ । गत भाद्र २१ गते कलेजको युरोलोजी विभागले कागेश्वरी मनहरा नगरपालिका डाँछीका ७१ वर्षीय गंगाप्रसाद बजगाईंको मुत्रथैलीको क्यान्सरको सफल उपचार गरेको हो ।

पिसाब गर्ने क्रममा अकस्मात बाक्लो रगत आएपछि उपचारका लागि नेपाल मेडिकल कलेज आएका बजगाईंको कन्सल्टेन्ट यूरो सर्जन, यूरो ट्रान्सप्लान्ट विशेषज्ञ डाक्टर वेस अन्सारीको टीमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । इन्डोस्कोपिक प्रविधिबाट गरिएको शल्यक्रियामा बिरामी बजगाईंको मुत्रथैलीबाट विभिन्न साइजका तीनवटा ट्युमरहरु निकालिएको थियो । ‘बृद्धावस्थासँगै दम, रगतको कमी भएकाले उहाँको अप्रेसन गर्न च्यालेञ्ज नै थियो । तथापि, हाम्रो टीमले सबैकुरा मेडिकल्ली म्यानेज गरेपछि मात्र अप्रेसन गर्यौं । अहिले उहाँको अवस्था एकदम ठिक छ ।’ यूरो ट्रान्सप्लान्ट विशेषज्ञ डा.अन्सारीले भने ।

कन्सल्टेन्ट यूरो सर्जन, यूरो ट्रान्सप्लान्ट विशेषज्ञ डाक्टर वेस अन्सारी, एनएमसी
अप्रेसनमा डा.अन्सारीलाई डा.हेमन्त पुन तथा यूरोलोजी विभागकी प्रमुख नर्स विना लगायतले सहयोग गरेका थिए । डा. अन्सारीका अनुसार लगातार धुम्रपान गर्ने व्यक्तिहरुमा मुत्रथैलीको क्यान्सर हुने अधिक संभावना हुन्छ । त्यसवाहेक परिवारमा कसैलाई मुत्रथैलीको समस्या भए, रबर तथा प्लास्टिक फ्याक्ट्रीमा काम गर्ने, प्रिन्टिङ क्षेत्रमा काम गर्नेहरुलाई मुत्रथैलीको संभावना अत्याधिक हुने गर्छ । यस्ता क्षेत्रमा काम गर्नेहरुले बढी नै सतर्कता अपनाउनु पर्ने डा.अन्सारीको सल्लाह छ ।

मुत्रथैलीको क्यान्सरमा पिसाबमा रगत देखिने, खान मन नलाग्ने, कमजोरी महशुष हुन्छ । एडभान्स किसिमको क्यान्सर छ भने मिर्गौला भएको ठाउँ कोखा दुख्ने, मिर्गौला सुन्निने, ज्वरो आउने लगायतका लक्षण पनि देखिने गर्छ । मुत्रथैलीमा हुने क्यान्सरमा सुरुको अवस्थामा सानो मासु पलाउने र विस्तारै मुत्रथैलीमा फैलने गर्दछ ।

कलेजले पछिल्लो समय विशेषज्ञ चिकित्सकहरु थप्दै स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाएपछि जटिल केसहरुको पनि उपचार हुँदै आइरहेको छ । कलेजमा क्यान्सरजन्य रोगहरुको सफल शल्यक्रिया गरिनुको साथै किमो, रेडियोथेरापी समेत हुने गरेको छ । अस्पतालले मिर्गौला रोग र क्यान्सरको लागि विशेष उपचार गरिरहेको कलेजका निर्देशक जहाँगिर अन्सारीले बताए । कलेजमा मिर्गौला डायलाइसिसका अत्याधुनिक उपकरण सहितको छुट्टै सेन्टर छ ।













0 प्रतिकृया