विश्व मुटु दिवसः नाेबेलकाे प्रभातफेरीमा काेशी प्रदेशका मुख्यमन्त्री
एक्सन खबर
विराटनगर, १२ असाेज । विश्व मुटु दिवस, २९ सेप्टेम्बरको अवसरमा विराटनगरकाे नाेवेल मेडिकल कलेज शिक्षण अस्पतालले जनचेतनामुलक प्रभातफेरी गरेकाे छ । प्रभातफेरीमा काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीकाे समेत सहभागीता थियाे ।
प्रभातफेरीमा मुटु राेग सम्बन्धी सचेतना दिइएकाे थियाे । प्रभातफेरी महेन्द्रचोकबाट सुरु भई तीन पैनी चोकमा पुगी कोण सभा गरेर टुंगिएको थियो । काेण सभामा कसरी मुटुलाई स्वस्थ राख्ने विषयमा जानकारी दिइएकाे थियाे ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, कोशी अस्पतालका चिकित्सक समुह, नाेवेलकाे मुटुरोग विभाग, नोवेलका कर्मचारीहरु र रोट्र्याक्ट नोवेलका विद्यार्थीहरुको विशेष भुमिका रहेको थियो ।
विश्व मुटु दिवसका अवसरमा देशभरका स्वास्थ्य संस्थाहरूले कार्यक्रम गर्दैछन् । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष सेम्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाउँने गर्दछ ।
0 प्रतिकृया