Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


विश्व मुटु दिवसः नाेबेलकाे प्रभातफेरीमा काेशी प्रदेशका मुख्यमन्त्री

एक्सन खबर
असोज, १२, २०८०


विश्व मुटु दिवसः नाेबेलकाे प्रभातफेरीमा काेशी प्रदेशका मुख्यमन्त्री

विराटनगर, १२ असाेज । विश्व मुटु दिवस, २९ सेप्टेम्बरको अवसरमा विराटनगरकाे नाेवेल मेडिकल कलेज शिक्षण अस्पतालले जनचेतनामुलक प्रभातफेरी गरेकाे छ । प्रभातफेरीमा काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीकाे समेत सहभागीता थियाे ।

प्रभातफेरीमा मुटु राेग सम्बन्धी सचेतना दिइएकाे थियाे । प्रभातफेरी  महेन्द्रचोकबाट सुरु भई तीन पैनी चोकमा पुगी कोण सभा गरेर टुंगिएको थियो । काेण सभामा कसरी मुटुलाई स्वस्थ राख्ने विषयमा जानकारी दिइएकाे थियाे ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, कोशी अस्पतालका चिकित्सक समुह, नाेवेलकाे  मुटुरोग विभाग, नोवेलका कर्मचारीहरु र रोट्र्याक्ट नोवेलका विद्यार्थीहरुको विशेष भुमिका रहेको थियो ।

विश्व मुटु दिवसका अवसरमा देशभरका स्वास्थ्य संस्थाहरूले कार्यक्रम गर्दैछन् । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष सेम्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाउँने गर्दछ ।















0 प्रतिकृया