Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


‘राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर ! कि तपाइको कि हाम्रो’ रवि लामिछाने

एक्सन खबर
असोज, १२, २०८०


‘राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर ! कि तपाइको कि हाम्रो’ रवि लामिछाने

काठमाडाैं, १२ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलहरूले मिसन ८४ भनेकाे नसुहाएकाे बताएका छन् । २००७ सालदेखि राज्य सत्तामा रहेका दलहरूका नेताहरूले पुनः ०८४ सालकाे निर्वाचनकाे तयारी गरेकाेमा नसुहाएकाे भन्दै लामिछानेले ०८४ सालमा हुने संसदीय निर्वाचनमा नयाँ दलकाे जमानत जफत हुने गरी काम गर्न पनि सुझाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै रास्वपा सभापति लामिछानेले देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष पुराना दलहरूलाई मिलेर काम गर्न अपिल गरेका छन् । ‘अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस् । देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको  सहमतिय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं ।’



अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरुलाई छुटाउने बचाउने हो पुराना दलहरूकाे जिम्मा भयाे भन्दै लामिछानेले "मिशन ८४" भनेर  ठूला दलहरूले भनेको फिटिक्कै नसुहाएकाे जिकीर गरेका हुन् ।

‘तपाईको लागि त मिशन ८० नै छ त ! मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला । अझ मिशन ८०, मिशन८१, मिशन८२, मिशन ८३ छदै छ त !’ यो ४ वर्ष सबै दलहरू मिलेर काम गरी नयाँ दलहरूकाे जमानत जफत गर्न उनकाे अपिल छ ।

‘यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस् । ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् ।’ लामेछानेले भनेका छन् ।

४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्ने भन्दै उनले पुराना दलहरूसँग काम गर्न ४/४ वर्ष रहेकाे जनाएका हुन् । ‘राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर !! कि तपाइको कि हाम्रो । ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला।’ सभापति लामिछानेले उल्लेख गरेका छन् ।













0 प्रतिकृया