एमाले बागमती प्रदेश अध्यक्षमा ढुंगेल निर्वाचित
एक्सन खबर
काठमाडौं, १३ असाेज । नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा एकमात्र प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनमा विजयी ढुंगेल लाई पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलकाे समर्थन थियाे । पराजित दाहाललाई गाेकूल बास्काेटा लगायतका नेताहरूकाे समर्थन थियाे ।
निर्वाचनमा ढुंगेल ले ६९६ मत प्राप्त गर्दा दाहालले ४३९ मत प्राप्त गरे । उपाध्यक्षमा दावा दोर्जे लामा विजयी भए । उनी ढुंगेल समुहकै हुन् । यसैगरी सचिवमा नवराज सिलवाल एक मतले विजयी भए । सिलवालले ५६८ मत प्राप्त गर्दा अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत प्राप्त गरे । सिलवाल दाहाल समुहका हुन् ।
खुला उपसचिवमा प्रेम कुमार महर्जन ३६७ मत र महिला उपसचिवमा भक्त कुमारी लामा ५९९ मतसहित विजयी भए । सहमतिमा प्रदेश नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो ।
अधिवेशनमा एक हजार १६८ मतदाता रहेकाेमा एक हजार १३५ मत खसेको थियो । ३३ जना अनुपस्थित भएका थिए ।
0 प्रतिकृया