Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


चिकित्सा शिक्षाका लागि सिट निर्धारण, कसले कति सिट पाए ?

एक्सन खबर
असोज, १३, २०८०


चिकित्सा शिक्षाका लागि सिट निर्धारण, कसले कति सिट पाए ?

काठमाडौं, १३ असाेज । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरूको सिट निर्धारण गरेको छ । आयोगले देशभरिमा एमबिबिएस तहमा एक हजार ९२५ सिट निर्धारण गर्दा बिडिएसतर्फ ५४५ सिट निर्धारण गरेको छ ।

एमबिबिएसमा एक सय सिट पाउनेमा नेपाल मेडिकल कलेज, काठमाडाैं मेडिकल कलेज, विराट मेडिकल कलेज, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, किस्ट मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज रहेका छन् ।

यसैगरी लुम्बिनी मेडिकल कलेज, महाराजगन्ज मेडिकल क्याम्पस, मणिपाल मेडिकल कलेज, नेसनल मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नेपालगन्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि सय सिट पाएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएसमा ६५ सिट अध्यापन गर्ने अनुमति पाएको छ । देवदह मेडिकल कलेजले ६० सिट पाएको छ । यसै गरी जानकी मेडिकल कलेज र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० सिट निर्धारण गरिएको छ ।

आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झाका अनुसार बिडिएसतर्फ पाँच कलेजलाई ५० सिट निर्धारण गरिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज, पिपुल्स डेन्टल कलेज र युनिभर्सल मेडिकल कलेजलाई ५० सिट तोकिएको हो ।

बिडिएसतर्फ नै चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजका लागि ४० सिट निर्धारण गरिएकाे छ ।

विएस्सी नर्सिङतर्फ नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, महाराज नर्सिङ क्याम्पस, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, काठमाडाैं मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, विराट मेडिकल कलेज, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतले ४०/४० सिट प्राप्त गरेका छन् ।













0 प्रतिकृया