Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


प्याड र ब्रा भित्र २ किलाे ७ सय ग्राम सुन लुकाएर ल्याउने महिला पक्राउ

एक्सन खबर
असोज, १३, २०८०


प्याड र ब्रा भित्र २ किलाे ७ सय ग्राम सुन लुकाएर ल्याउने महिला पक्राउ

काठमाडौं, १३ असाेज । प्याड र ब्राभित्र सुन लुकाएर ल्याउने एक महिला  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । उनी दुई किलो ७०० ग्राम सुनसहित पक्राउ परेकी हुन् ।

नेपाल प्रहरीले पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको जनाएको छ । शुक्रबार साँझ ७: २० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी महिलालाई सुनसहित पक्राउ गरिएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसपी पदम विष्टले जानकारी दिए ।

उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको हाे । सुन बारे अनुसन्धान भइरहेकाे छ ।













0 प्रतिकृया