Follow us:


Follow us

११ कार्तिक २०८३, मङ्गलवार
११ कार्तिक २०८३, मङ्गलवार


एसियन टि ट्वान्टी क्रिकेटः नेपाल अन्तिम आठमा प्रवेश

एक्सन खबर
असोज, १४, २०८०


एसियन टि ट्वान्टी क्रिकेटः नेपाल अन्तिम आठमा प्रवेश

काठमाडौं, १४ असोज । चीनमा जारी एसियन गेमको टि ट्वान्टी २० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । ग्रुप स्टेज ए अन्तरगतको दोश्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको हो ।

नेपाल समुह ए विजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरको समाप्तिमा सात विकेटको क्षतिमा २१२ रनको स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा माल्दिभ्सले दुई बल बाँकी छँदा ७४ रनमा अल आउट भयो ।

नेपालकालागि बलिङका अभिनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चिँदै छ विकेट लिए । भने, सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले समान एक एक विकेट लिए ।

माल्दिभ्सका घानी अब्दुलले सबैभन्दा बढी ३६ रन जोडे । घानीले ३४ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । फरिदले १० रन जोड्दा इस्माइली तीन रन र अजिन शून्यमा आउट भए । भने अन्य छ ब्याटर शून्यमा आउट भए ।

नेपालका लागि कप्तान रोहित पौडेलले २७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अर्धशतक प्रहार गरे । उनले ५२ रन जोडे । गुल्सन झाले २१ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ३५ रन जोडे । कुशल मल्लले नटआउट ४७ रन जोड्दा २० बलमा समान ३ चौका छक्का प्रहार गरे ।

यस्तै, नेपालका ओपनर कुशल भुर्तेलले १८ बलमा ५ चौका र एक छक्का सहित ३५ रन जोडे । ओपनर आसिफ शेख ६ रनमै आउट भए । विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा पाँच रन र दीपेन्द्रसिंह ऐरी छ रनमा आउट भए ।

बलिङमा माल्दिभ्सका बदिउल स्माइल नाजवानले ३ विकेट लिन सफल भए । नसीर नाइल स्माइल, मोहम्मद म्युभान र थोलाल मोहम्मद रायाले एकरएक विकेट लिए ।













0 प्रतिकृया