Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


केएमसीका चिकित्सकमाथि कुटपिट, २ जना पक्राउ

एक्सन खबर
असोज, १४, २०८०


केएमसीका चिकित्सकमाथि कुटपिट, २ जना पक्राउ

काठमाडौ, १४ असाेज । काठमाडौ मेडिकल कलेजका चिकित्सक माथि ४ जनाकाे समुहले कार्यकक्षमै आएर कुटपिट गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । आक्रमणमा एक चिकित्सककाे घुँडा र कुईनामा चाेट लागेकाे चिकित्सकहरुले बताएका छन् ।

कलेजकाे नेफ्राेलाेजी ओपिडीमा आएका बिरामीलाई परिक्षणका लागि केही समय पालो पर्खन अनुरोध गर्दा डियुटीमा रहेका इन्र्टन डाक्टर मनिष खड्का माथि तीन जनाको समुहले कुटपिट गरेको कलेजले जनाएको छ ।

बिरामीका आफन्तजनले डा. खड्कालाई लखेटीलखेटी दुवै हात, देब्रे खुट्टा र टाउकोमा समेत लाग्ने गरी कुटपिट गरेको अस्पतालको दावी छ । घटनामा डा. खड्कालाई बचाउन गएकी महिला कर्मचारी ज्योती देवकोटा माथि पनि कुटपिट भएको छ ।

अस्पतालले आक्रमणमा संलग्न भएका काठमाडौं चावहिल बस्ने वर्ष २२ को रुपक गौतम, गुल्मी स्थायी ठेगाना भएका सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई प्रहरीले पक्राउ गरीसकेकोले उनीहरुसँगै चिकित्सक माथि कुटपिट गर्ने अन्यको हुलिया खुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को दफा ३, उपदफा ग र ख विपरितको अपराधमा हदैसम्मको सजाय माग गरेको छ ।

आन्दोलनरत चिकित्सकले दाेषिमाथि कारवाहीकाे माग गर्दै ईमर्जेन्सी वाहेकका सेवाहरु राेकेका छन् । प्रहरीलेनै कुटपिटमा संलग्नलाई बचाएकाे चिकित्सकहरुकाे आराेप छ । अस्पताल अगाडि बसेर डाक्टरहरु नाराबाजी गरिरहेका छन् । डाक्टरहरुकाे आन्दोलनका कारण सिनामंगलकाे ट्राफिक अस्तब्यस्त छ । डाक्टरहरु मुसलधारे वर्षाकाे परवाह नगरिकन सडकमा बसेर नाराबाजी गरिरहेका छन् ।

केएमसीका डाक्टर केपी शर्माले स्वास्थ्य संस्था र डाक्टर माथि आक्रमण गर्नेलाई ३वर्षको सजाय हुने लगायतमा सरकारले सहमति हिजाेमात्र सहमति गरेकाे तर सहमतिकाे मसी नसुक्दै डाक्टर कुटिनु दुर्भाग्यपूर्ण भएको बताए । उनले दाेषिमाथि कारवाहि नभएसम्म आन्दोलन जारी रहने बताए ।













0 प्रतिकृया