Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


‘नेक इन्जेनियम २०२३’ असाेज १८ गते हुने

एक्सन खबर
असोज, १५, २०८०


‘नेक इन्जेनियम २०२३’ असाेज १८ गते हुने

भक्तपुर, १५ असोज । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा दर्ता भई सञ्चालित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरमा ‘नेक इन्जेनियम २०२३’ हुने भएको छ । भक्तपुरको दुवाकोट चाँगुनारायणमा स्थित कलेजमा असोज १८ गते विहीबार नेक इन्जेनियम हुन लागेकाे हाे ।

इन्जिनियरिङ विधाका विविध विषयमा अध्ययनरत विद्यार्थीहरूले हासिल गरेकाे ज्ञान सीप र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे हाे । कार्यक्रममा १२ कक्षा पास गरेका विद्यार्थीहरूले समेत सहभागीता जनाउन पाउनेछन् ।

प्रदर्शनीमा ब्याच वाइज प्रोजेक्ट प्रतियोगिता, ओपन प्रोजेक्ट प्रतियोगिता, पोस्टर डिस्प्ले प्रतियोगिता, रोबोटिक्स प्रतियोगिता, पेपर ब्रिज डिजाइन प्रतियोगिता, फास्टेस्ट कोडिङ प्रतियोगिता र ओपन साइन्ससहित विभिन्न प्रकारका प्रतियोगिताहरू सञ्चालन गरिने प्रतियाेगिताका संयाेजक समेत रहेका कलेजका एसोसिएट प्रोफेसर विजय श्रेष्ठले जानकारी दिए ।

‘नेकमा अध्ययनरत विद्यार्थीहरूले हासिल गरेकाे ज्ञान, सीपलाई प्रस्फुटन गर्ने तथा कक्षा १२ पास गरेका विद्यार्थीहरूलाई समेत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम तयार पारिएकाे छ । भने, इन्जिनियरहरू, आविष्कारकहरू र समस्या समाधानकर्ताहरूको भावी पुस्तालाई उनीहरूको कडा परिश्रमको इनाम दिँदै उत्प्रेरणा प्रदान गर्न कार्यक्रमले टेवा दिन्छ ।’ कार्यक्रम संयाेजक श्रेष्ठले भने । ‘विचारलाई यथार्थमा रूपान्तरण गर्दै’ भन्ने नाराका साथ प्रदर्शनी र प्रतियोगिता हुन लागेको हाे ।

प्रदर्शनीका लागि प्रभु बैंक, सिद्धार्थ बैंक, नेपाल इको प्यानललगायतको प्रायोजन रहेको छ । नवप्रवर्तन र शिक्षालाई बढावा दिन प्रायोजकहरुको प्रतिबद्धताले प्रदर्शनीलाई समृद्ध बनाउने र उनीहरूले विजेताहरूलाई दिइने पुरस्कारहरूमा पनि योगदान पुर्याउने विश्वास आयोजकको छ ।













0 प्रतिकृया