Follow us:


Follow us

११ कार्तिक २०८३, मङ्गलवार
११ कार्तिक २०८३, मङ्गलवार


एसियाली खेलकुदः भारतसँग २३ रनले पराजित नेपाल

एक्सन खबर
असोज, १६, २०८०


एसियाली खेलकुदः भारतसँग २३ रनले पराजित नेपाल

काठमाडाैं, १६ असाेज । १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल पराजित भएकाे छ । मंगलबार बिहान भएकाे नेपाल र भारतबीच भएको क्वाटरफाइनलमा भारत २३ रनले विजयी भएको हाे ।

टस जितेर ब्याटिङ रोजेको भारतले ४ विकेटको क्षतिमा २०२ रन बनाएकाे थियाे । नेपालले ९ विकेट र पूरै ओभरको क्षतिमा १७९ रन मात्र बनाउँदा प्रतियाेगिताबाट बाहिरियाे ।

खेलमा नेपालका लागि सर्वाधिक दीपेन्द्र सिंह ऐरीले ३२ रन बनाउँदा १५ बलमा ४ छक्का प्रहार गर्दै ३२ रन बनाए । कुशल मल्ल २२ बलमा २९ रन बनाउँदै आउट भए । भने कुशल भुर्तेलले ३२ बलमा २८ रन बनाउँदै आउट भए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।

नेपालले २९ रन जोड्दा पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको थियाे । कप्तान रोहित पौडेल नेपालका लागि चौथो विकेट बने । उनले ५ बलमा तीन रन मात्र बनाउँदा। छैटौँ विकेटको रुपमा नेपालले सन्दिप जोरालाई गुमायो । उनी १२ बलमा ३ छक्का १ चौका प्रहार गर्दै २९ रनमा समेटिए । सोमपाल कामी ७ र गुल्सन ६ रन बनाउँदै आउट भए । नवौँ विकेटको रुपमा नेपालले सन्दीप लामिछानेलाई गुमायाे । उनले ४ बलमा ५ रन बनाए ।

भारतले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २०२ रन जोड्दा यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए । उनले ४८ बलमा सतक पूरा गरे । रुतुराज गाइक्वाडले २५ रन बनाउँदा रिंकु सिंहले १५ बलमा ३७ रन बनाउन सफल भए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिए । नेपाल प्रतियाेगिताकाे उपाधि दावेदार टाेली थियाे ।

नेपालले समूह चरणमा मंगोलियालाई २ सय ७३ रन र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । भारतले अव बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।













0 प्रतिकृया