Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


बझाङमा २ पटक गएकाे भूकम्पमा परि सात घाइते

एक्सन खबर
असोज, १६, २०८०


बझाङमा २ पटक गएकाे भूकम्पमा परि सात घाइते

काठमाडाैं, १६ असाेज । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर र तलकाेट केन्द्रविन्दु भएर २ पटक भूकम्प गएकाे छ । बझाङकाे चैनपुर आसपास बनाएर ६.३ म्याग्नेच्युडर बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको हाे ।

भूकम्पका कारण बझाङ र अछाम जिल्लामा सात जना घाइते भएकाे विवरण छ । बझाङमा ६ जना र अछाममा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारार्थ बझाङ जिल्ला अस्पतालमा लगिएको छ ।

अछाममा विद्यालयको भवनबाट हामफाल्दा एक विद्यार्थी घाइते भए । ती विद्यार्थीकाे स्थानीय गोडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकका अनुसार ती विद्यार्थीकाे  अवस्था सामान्य रहेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले जिल्लामा भूकम्पका कारण धेरै भाैतिक क्षति भएकाे छ । सदरमुकामका पक्की घरहरू समेत चर्किएकाे र दुर्गम गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन् ।

प्रहरीले क्षतिकाे तथ्यांक संकलन गरिरहेकाे तथा उद्दारका लागि कार्य गरिरहेकाे छ । भूकम्प पछिको पहिरोले जयपृथ्वीबहादुर सिंह सडक मार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

















0 प्रतिकृया