Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


अस्पतालहरूमा राख्न थालियाे स्वास्थ्यकर्मी माथि हुने दण्ड सजाय व्यवस्थाकाे वडापत्र

एक्सन खबर
असोज, १७, २०८०


अस्पतालहरूमा राख्न थालियाे स्वास्थ्यकर्मी माथि हुने दण्ड सजाय व्यवस्थाकाे वडापत्र

काठमाडाैं, १७ असोज । स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीमाथि हातपात गर्दा हुने दण्ड तथा सजायसम्बन्धी व्यवस्थाको बडापत्र राख्न थालिएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा सजाय सम्बन्धी कानुनी व्यवस्थासहितको जानकारी स्वास्थ्य संस्थाहरुमा सबैले देख्ने गरी राख्ने सरकारी निर्णय अनुसार स्वास्थ्य संस्थाहरूले बडापत्र राख्न थालेका हुन् ।

स्वास्थ्यकर्मीमाथि हातपातको घटना बढेपछि सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा सजाय सम्बन्धी कानुनी व्यवस्थासहितको जानकारी स्वास्थ्य संस्थाहरुमा सबैले देख्ने गरी राख्ने निर्णय गरेको थियो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाको छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (पहिलो संशोधनसहित) ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टास्ने निर्णय गरेको थियो ।













0 प्रतिकृया