Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


भरतपुरमा रेनु दाहालकाे सहभागितामा माओवादी निकट ईसाई धर्मावलम्बीहरूकाे भेला

एक्सन खबर
असोज, १७, २०८०


भरतपुरमा रेनु दाहालकाे सहभागितामा माओवादी निकट ईसाई धर्मावलम्बीहरूकाे भेला

चितवन, १७ असाेज । चितवनकाे भरतपुर महानगरपालिकामा नेकपा माओवादीमा रहेका ईसाई धर्मावलम्बीहरुले भ्रातृ संगठन निर्माण गरेका छन् । कार्यक्रमकाे प्रमुख अतिथी भरतपुर महानगरकी मेयर रेनु दाहाल थिइन् । माओवादी निकट ‘प्रगतिशील ईसाई मञ्च’ गठन गरिएको हो ।

गत साता भरतपुरको अतिथि पार्टी प्यालेसमा आयोजित कार्यक्रममा करिब १५० जना क्रिश्चियन धर्मावलम्बीहरु सहभागी रहेका थिए । सम्मेलनले शिवु क्षेत्री अध्यक्ष रहेको प्रगतिशील ईसाई मञ्चको घोषणा गरेको हाे ।

सम्मेलन ईसाई पहल समिति चितवनका संयोजक सुमन लुगेंलीको अध्यक्षतामा भएको थियो । सम्मेलनमा प्रतिनिधिसभाका पूर्वसांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ, बागमती प्रदेश सांसद तथा माओवादी केन्द्र भरतपुरका अध्यक्ष ईश्वर सापकोटालगायत उपस्थित थिए ।













0 प्रतिकृया