Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


तीन करोड १५ लाख ८१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति कमाउने इन्जिनियर विरूद्ध अभियाेग दर्ता

एक्सन खबर
असोज, १७, २०८०


तीन करोड १५ लाख ८१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति कमाउने इन्जिनियर विरूद्ध अभियाेग दर्ता

काठमाडाैं, १७ असाेज । तीन करोड १५ लाख ८१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति देखिएको ठहर गर्दै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।

अख्तियारले दुरूपयाेग अनुसन्धान आयाेगले इन्जिनियर भाटले ३४ वर्ष सरकारी सेवामा रहँदा कमाएकाे तीन करोड १५ लाख ८१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति देखिएको दाबी  गरेकाे छ । उनले महानिर्देशककाे रूपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको अख्तियारले विशेष अदालतमा दर्ता गरेको मुद्दामा उल्लेख छ ।

उनी २०४६ असार ३० देखि २०७९ कात्तिक ६ गतेसम्म सार्वजनिक सेवामा रहेका थिए । सार्वजनिक सेवामा रहँदा उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड १५ लाख ८१ हजार रुपैयाँ स्रोत पुष्टि हुन नसकेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।













0 प्रतिकृया