Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


‘प्रधानमन्त्री प्रचण्डको घडी र छोरीको ब्याग लिलामीमा राखेर स्कुलमा लगानी गरियोस्’ सांसद शर्मा

एक्सन खबर
असोज, १९, २०८०


‘प्रधानमन्त्री प्रचण्डको घडी र छोरीको ब्याग लिलामीमा राखेर स्कुलमा लगानी गरियोस्’ सांसद शर्मा

काठमाडौं, १९ असोज । प्रतिनिधि सभा सांसद सुनिलकुमार शर्माले प्रधानमन्त्री प्रचण्डलाई लगाएको घढी र उनको छोरीले बोक्ने ब्याग लिलामीमा राखेर दुरदराजका स्कुलहरुमा लगानी गर्न आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा पेश भएको विद्यालय शिक्षा विधेयक २०८० माथिको छलफलमा भाग लिँदै मोरङ क्षेत्र नं. ३ का सांसद शर्माले प्रधानमन्त्री प्रचण्डले लगाएको २ करोड र ६५ लाखको घडी तथा उनको छोरी गंगा दाहालले बोक्ने गुची ब्याग लिलामीमा राखेर स्कुलहरुमा लगानी गर्न भनेका हुन् ।

‘मेरो आग्रह प्रचण्डजीले लगाउने २ करोड र ६५ लाखको घडी र उहाँको छोरीले बोक्ने गुची ब्यागलाई लिलामीमा राखेर नेपालको दुरदराजको स्कुलहरुमा अहिले टिनका छानाहरु प्वाल परेका छन् । बच्चाहरुले पढ्न पाएका छैनन् । बच्चाहरुले राम्ररी एकसरो ड्रेस, एकसरो लुगा लगाएर स्कुल जान पाएको अवस्था छैन । त्यहाँ लगानी गर्नुहोस् ।’ दुई चार जनामाथि बस्ने नेताहरुको सोचमा जबसम्म परिवर्तन हुँदैन तबसम्म विधेयकहरु जतिसुकै राम्रा बनाउन खोजेपनि निकम्ममा भएर जाने डा. शर्माको भनाई छ ।



शर्माले हज्जारौंको संख्यामा शिक्षकहरु गाँस बास र कपासको निम्ति सडकमा आन्दोलन गरिरहेको अवस्थामा कुनैबेला गोरखाको स्कुलमा पढाउने शिक्षक आज देशको सर्वोच्च पदमा पुगेपनि शिक्षकहरुको विषयमा केही गर्न नसकेको जनाए । ‘एउटा शिक्षक जसले आजको राजनीतिको नेतृत्व गर्नु भएको छ उहाँको सँगैको साथी शिक्षक आज आफ्नो जागिर जोगाउनको निम्ति, गाँस बास र कपासको निम्ति खागीको झोला भिरेर हात्तिछाप चप्पल लगाएर सडकमा छ तर, यो देशको प्रधानमन्त्री उहाँले लगाउने घडीको मुल्य ६५ लाखदेखि २ करोडसम्मको छ ।’ राजनीतिमा लागेका दुई चार जना माथिका नेताहरुले देश र जनताका लागि काम नगरेको सांसद शर्माको भनाई छ ।

उनले जनयुद्ध हाँकेर आएका प्रचण्ड र उनको परिवारको सम्पत्तिलाई उदारतापूर्वक छाती ठूलो पारेर विक्रिमा राखेर दुरदराजका स्कुलहरुमा लगेर हालिदिए नेपाली जनताले राम्ररी पढ्न पाउँथे भन्दै विधेयक दुरदराजका स्कुलमा पढ्ने विद्यार्थी र शिक्षकका पक्षमा बन्नुपर्नेमा जोड दिए ।  













0 प्रतिकृया