Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


रुसमाथिको प्रतिबन्ध फुकुवा

एक्सन खबर
असोज, २०, २०८०


रुसमाथिको प्रतिबन्ध फुकुवा

काठमाडाैं, २० असाेज । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुसमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । युएफाले रुसको युवा टोलीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको एक सातापछि फिफाले यस्तो निर्णय गरेको हो ।

रुसले युक्रेनमा आक्रमण गरेपछि रुसी टोलीलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध फुकुवा गर्दै फिफाले रुसको यु–१७ महिला र पुरुष टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पनि अनुमति दिएको छ । सर्तसहित प्रतिबन्ध फुकुवा गरिएको फिफाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रुसको सट्टा फुटबल युनियन अफ रसियाको नामसहित उनीहरूको राष्ट्रिय झन्डा, राष्ट्रिय गान, राष्ट्रिय टोलीको किट र उपकरण तथा तटस्थ रंगसहित प्रतिस्पर्धामा उत्रिन दिने फिफाको निर्णय छ ।

युएफाले फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँको फुटबललाई निलम्बन गर्ने निर्णय गरेको थियो । अहिले यो निर्णयसँगै रूसी यू-१७ टोली पुन: युएफाद्वारा आयोजित प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने भएको छ ।













0 प्रतिकृया