Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


काठमाडौं मरुहिटीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
असोज, २०, २०८०


काठमाडौं मरुहिटीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २० असोज । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका वडा नं. २० मरुहिटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले शुक्रबार सक्रिय युवा समुह र शान्ती निकुञ्ज माविसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा ५१६ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ९२ जनाको इसिजी, १०७ जनाको ल्याब परीक्षण, ८३ जनाको भिडियो एक्सरे तथा ९ जनाको दाँत खोलिएको छ । यस्तै शिविरमा आएका २२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

शिविरमा केएमसीका डाक्टरहरुले नाक कानघाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री तथा प्रसुति, बाल रोग, नशा तथा हाडजोर्नी सम्बन्धी सेवा दिएका थिए । सामाजिक उत्तरदायित्व अन्तरगत अस्पतालको स्वास्थ्य सेवालाई जनस्तरसम्मै पुर्याउनका लागि निःशुल्क स्वास्थ्य शिविरको अभियान चलाइएको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् । निःशुल्क स्वास्थ्य शिविरको थालनी तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्माले थालनी गरेका हुन् ।
















0 प्रतिकृया