Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


‘व्यापारीले चन्दामात्रै दिनुपर्ने, नेताहरुमात्रै पालिरहनु पर्ने ?’ (भिडियाे सहित)

एक्सन खबर
असोज, २०, २०८०


‘व्यापारीले चन्दामात्रै दिनुपर्ने, नेताहरुमात्रै पालिरहनु पर्ने ?’ (भिडियाे सहित)

काठमाडौं, २० असोज । मेडिकल व्यवसायी बसरुद्धिन अन्सारीले डाक्टर गोविन्द केसीको आन्दोलनका कारण नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवामा धेरै असर गरेको बताएका छन् । नेशनल मेडिकल कलेज तथा नेपाल मेडिकल कलेजका सञ्चालक अन्सारीले नेपालको मेडिकल कलेज ध्वस्त पारेर नेपाली विद्यार्थीहरुलाई विदेश पठाउने गिरोहको सड्यन्त्रमा डा. केसी परेको पनि बताए ।

एक्सन खबरसँग विशेष कुराकानी गर्दै नीजि क्षेत्रले देशको विकासमा महत्वपूर्ण योगदान पुर्याएपनि राज्यले कदर नगरेको गुनासो गरे । राज्यले लगानी गरेका सबै उद्योग कलकारखाना धमाधम बन्द भइरहेको जिकीर गर्दै नीजि क्षेत्रको लगानी र व्यवस्थापनकै कारण अर्थतन्त्र चलायमान भएको समेत बताए । ‘एसियाकै टप विरगञ्जको चिनी कारखाना नीजि क्षेत्रले बन्द गरेको हो ? जनकपुरको चुरोट कारखाना नीजि क्षेत्रले बन्द गरेको हो ? शाही औषधी कसले बन्द गरायो ?’ सरकारले चलाएका संस्थाहरु बन्द हुनुमा नीजि क्षेत्रको कुनै भूमिका नरहेको प्रष्ट पार्दै अन्सारीले अब पब्लिक, प्राइभेट पार्टनरसिपमा जानुपर्ने बताए ।

हेर्नुहोस् भिडियो..



सरकारी कलेज, अस्पतालहरु राम्ररी चलाए नीजि कलेज र अस्पताल आफैं बन्द भएर जाने बताउँदै अन्सारीले नीजि क्षेत्र नभएको भए देश डुबिसक्ने दावी गरे । ‘आरएनएसीको अहिले के हालत छ ? विर अस्पतालमा ३ महिनामा पालो आउँदैन, मनमोहनमा उपचार गर्न पालो पाइन्न । यदी सरकारी कलेज अस्पताल राम्ररी चलाईदियो भने नीजि क्षेत्र आफैं बन्द भएर जान्छन् ।’ अन्सारीले भने । मेडिकल शिक्षा नेपालमा चाहिँदैन भन्नेहरुले नेपालबाट वर्षेनी नेपाली युवाहरुलाई अरबौं खर्च गरेर विदेश जानुपर्ने बाध्यता सृजना गरिरहेको तर्क गरे ।

नेपाललाई हेल्थ र मेडिकल एजुकेशनकाे हब बनाउन सकिने बताउँदै अन्सारीले मेडिकल कलेजहरूले स्वास्थ्य सेवा, मेडिकल शिक्षा र राजगारीमा याेगदान पुर्याएपनि राज्यले कुनै पनि सेवा र छुटहरू नदिएकाे जिकीर गरे । अन्य क्षेत्रले विभिन्न छुट र सेवाहरू राज्यबाट पाएपनि मेडिकल कलेजहरूले पुर्याएकाे याेगदानकाे समेत राज्यले कदर नगरेकाेमा गुनासाे गरे ।

विश्वका सबै मुलुक सरकारीसँगै नीजि क्षेत्रको लगानीका कारण अगाडी बढेको बताउँदै सरकारले नीजि क्षेत्रलाई सधैं दुखः दिने काम मात्र गरेको बताए । राजनीतिमा रहेकाहरुले देशका लागि केही गर्न नसकेको भन्दै सत्तामा जो आएपनि नीजि क्षेत्रलाई दुखः दिने कार्य गरेकोमा गुनासो गरे । सरकारले जे गरेपनि हुने तर, नीजि क्षेत्रले राज्यलाई अरबौं कर तिरेर पनि सुख नपाएको जनाए । ‘जसले गरिरहेको छ, त्यसलाई संरक्षण नगर्ने अनी खाली क्रिटिसाइज मात्र गर्ने ? यस्तो कार्यले देशको विकास हुँदैन ।’ उनले भने ।

पछिल्लो समय केही ब्यापारिक क्षेत्रका व्यक्तिहरु राजनीतिमा लागेपनि देखि नसहेको बताए । वर्षौंदेखि राजनीतिमा लागेकाहरुले व्यापारीहरु राजनीतिमा आउँदा चारैतिरबाट प्रहार भइरहेकोमा आपत्ति जनाए । ‘व्यापारीलाई कुनैपनि हालतमा मन्त्री बन्न नदिने, राजनीतिमा आउन नदिने, व्यापारीले चन्दा मात्रै दिनुपर्ने, नेताहरुमात्रै पालिरहनु पर्ने हाे ? ब्यापारीहरु नेताहरुको खुट्टा मुनी मात्र बसिरहनु पर्ने हाे ? ब्यापारीले गरेको योगदानको कदर नगर्ने ?’ नेपालको संविधान र मुलुकी ऐनले दिएको अधिकार प्रयोग गर्न कसैले रोक्न नपाउने भन्दै अन्सारीले जसले जे भनेपनि मुलुकको लागि काम गर्न सक्रिय भएर लाग्ने जनाए ।













0 प्रतिकृया