Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


कोशी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा, दावी क कसकाे ?

एक्सन खबर
असोज, २१, २०८०


कोशी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा, दावी क कसकाे ?

बिराटनगर, २० असोज । विश्वासकाे मत नपुग्ने भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गरेपछि राजीनामा प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा पत्रमा कार्कीले प्रदेशको स्थायित्व, दलीय सहकार्य र सद्भावमार्फत सुशासन कायम गर्न तथा जातीय, धार्मिक एवं सास्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भनेर विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिएको जनाएका छन् । कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएकाेमा संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, शनिबार विश्वासकाे मत दिन भनिएपनि बहुमत नपुग्ने देखेपछि उनले राजीनामा दिएका हुन् ।

कार्कीले विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन व्यवसायीहरुको धारणापछि राजीनामा दिने निर्णय गरेका हुन् । अब प्रदेश सरकार गठनकाे प्रकृया संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठन हुनेछ ।

‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने छ ।’ धारा १६८ को उपधारा ५ मा भनिएको छ ।

यसअनुसार सरकार गठन हुन सकेन वा यस उपधाराअनुसार नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत पाएन भने प्रदेशसभा स्वतः विघटन भइ मध्यावधि निर्वाचन हुनेछ ।

काेशी प्रदेशकाे मुख्यमन्त्री दावी गर्नका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले ६ दिनकाे समय दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार राजीनामा बुझाएकाे केही घन्टापछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) बमोजिम प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

२६ असोज (शुक्रबार) अपराह्न ५ बजेभित्र पेश गरिसक्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

काेशी प्रदेश मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता उद्दव थापा, सांसद केदार कार्की, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशीको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।













0 प्रतिकृया