Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


प्रतिनिधि सभामा शिक्षा विधेयक २०८० निर्णयार्थ पेश हुँदै

एक्सन खबर
असोज, २१, २०८०


प्रतिनिधि सभामा शिक्षा विधेयक २०८० निर्णयार्थ पेश हुँदै

काठमाडौ, २१ असाेज । ‘विद्यालय शिक्षा विधेयक, २०८०’ निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

आजकै बैठकमा सभामुख देवराज घिमिरेले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । शिक्षा विधेयकमाथि संसदमा ब्यापक प्रश्नहरू उठेका छन् ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जनाएका छन् ।













0 प्रतिकृया