Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि कालाेमाेसाे (भिडियाे सहित)

एक्सन खबर
असोज, २२, २०८०


मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि कालाेमाेसाे (भिडियाे सहित)

काठमाडौं,२२ असाेज । पछिल्लाे समय बैंक तथा वित्तिय संस्था विरूद्ध विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि कालाेमाेसाे दलिएकाे छ । कान्तिपथ स्थित होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन गरेर बाहिर निस्कने क्रममा उनीमाथि कालाेमाेसाे दलिएकाे हो ।

प्रसाईमाथि अज्ञात समुहले कालाेमाेसाे दलेकाे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको । साथै, उनकाे शरीरको कपडा पनि च्यातिएको देखिएको छ ।

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर पटकपटक धम्की दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै ‘कालोमोसो दस्ता’ नै बनाएका थिए ।


उनले पछिल्लो समय बैंक तथा लघुवित्तको ऋण नतिर्न उक्साइरहेका थिए । उनले बैंक तथा लघु वित्तको किस्ता माग्न आउनेलाई कालो मोसो दलेर पठाउन आग्रह गर्दै आएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरूकाे चर्काे ब्याज विरूद्ध अभिब्यक्ति दिँदै आएका प्रसाईंले फागुन १३ गते चितवनमा कालोमोसो दस्ताको केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए । पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता महेश बस्नेतका विरूद्ध खनिएका थिए । कालाेमाेसाे दल्ने समुह नेकपा एमालेकाे युवा संघकाे रहेकाे बुझिएकाे छ ।













0 प्रतिकृया