आज राष्ट्रिय शोकको घोषणा
एक्सन खबर
काठमाडौं, २३ असाेज । प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।
इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा हमासकाे आक्रमणमा परी सुदुरपश्चिम विश्वविद्यालयका १० नेपाली विद्यार्थीकाे मृत्यु भएकाे हाे । ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत विश्वविद्यालयबाट ४९ जना इजरायल गएका थिए ।
सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिइन् ।
मन्त्रिपरिषद्ले मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने, मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि गरेकाे छ ।
0 प्रतिकृया