इजरायलमा रहेका ३५० नेपाली घर फर्कन इच्छुक
एक्सन खबर
काठमाडौं, २३ असोज । प्यालेस्टानी अतिवादी समुह हमासकाे आक्रमणमा १० जना नेपाली विद्यार्थीकाे ज्यान गएपछि इजरायलमा रहेका ३५० जना नेपालीले घर फर्कनका लागि नाम दर्ता गरेका छन् ।
इजरायल स्थित नेपाली दूतावासले सुरु गरेकाे अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म स्वदेश फिर्तीका लागि ३५० भन्दा बढीको विवरण प्राप्त भएको छ । दूतावासले उनीहरुको स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको जनाएकाे छ ।
हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेकाे दूतावासले जनाएकाे छ । भने, हराइरहेको एक जना नेपाली विद्यार्थीको खोजीकार्य भइरहेकाे छ । इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
यस्तै, दूतावासले इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई अझ सुरक्षित ठाउँमा सारिएको जनाएको छ ।
0 प्रतिकृया