Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


२६ लाख बढीकाे विस्फोट पदार्थ पटाकासहित पिकअप सशस्त्र प्रहरीको नियन्त्रणमा

एक्सन खबर
असोज, २४, २०८०


२६ लाख बढीकाे विस्फोट पदार्थ पटाकासहित पिकअप सशस्त्र प्रहरीको नियन्त्रणमा

रबिन्द्र यादव/पश्चिम नवलपरासी

नवलपरासी, २३ असोज । भारतबाट अवैध रूपमा लुकाइछिपाई नेपाल भित्राइएको पिकअप सहित करिब साढे २६ लाख मूल्य बराबरको पटाका सशस्त्र प्रहरीले बरामद गरि नष्ट गरेको छ ।

नेपालमा प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प परासीबाट सशस्त्र प्रहरी निरीक्षक केशवराज भट्टराईको कमाण्डको टोलीले राती ८:३० बजेको समयमा रामग्राम नगरपालिका वडा नं १२ कुनवारे देखि भुमही हरकट्टा जाने बाटोमा चेकजाँचको क्रममा ठुलो मात्रामा विभिन्न किसिमका पटाका र नम्बर नखुलेको पिकअप सहित नियन्त्रणमा लिएको हो ।

चेकजाँचको क्रममा पिकअप चालक भाग्न सफल भएको सशस्त्र प्रहरीले जनाएको हो । बारुदजन्य पटाका स्थानीय पत्रकार, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ प्रमुख र महेशपुर भन्सार प्रमुखको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल २६ नं गणका एसपी धिरेन्द्रराज न्यौपानेले जानकारी दिए ।

पिकअपलाई महेशपुर भन्सार पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरले जनाएको हो । चाडपर्वलाई लक्षित गरी भित्राइने बारुदजन्य पटाकाहरू भित्रिन थालेपछि सशस्त्र प्रहरीले त्यसतर्फ निगरानी बढाएको न्यौपानेले बताएका छन् ।














0 प्रतिकृया