Follow us:


Follow us

९ कार्तिक २०८३, आइतवार
९ कार्तिक २०८३, आइतवार


२६ लाख बढीकाे विस्फोट पदार्थ पटाकासहित पिकअप सशस्त्र प्रहरीको नियन्त्रणमा

एक्सन खबर
असोज, २४, २०८०


२६ लाख बढीकाे विस्फोट पदार्थ पटाकासहित पिकअप सशस्त्र प्रहरीको नियन्त्रणमा

रबिन्द्र यादव/पश्चिम नवलपरासी

नवलपरासी, २३ असोज । भारतबाट अवैध रूपमा लुकाइछिपाई नेपाल भित्राइएको पिकअप सहित करिब साढे २६ लाख मूल्य बराबरको पटाका सशस्त्र प्रहरीले बरामद गरि नष्ट गरेको छ ।

नेपालमा प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प परासीबाट सशस्त्र प्रहरी निरीक्षक केशवराज भट्टराईको कमाण्डको टोलीले राती ८:३० बजेको समयमा रामग्राम नगरपालिका वडा नं १२ कुनवारे देखि भुमही हरकट्टा जाने बाटोमा चेकजाँचको क्रममा ठुलो मात्रामा विभिन्न किसिमका पटाका र नम्बर नखुलेको पिकअप सहित नियन्त्रणमा लिएको हो ।

चेकजाँचको क्रममा पिकअप चालक भाग्न सफल भएको सशस्त्र प्रहरीले जनाएको हो । बारुदजन्य पटाका स्थानीय पत्रकार, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ प्रमुख र महेशपुर भन्सार प्रमुखको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल २६ नं गणका एसपी धिरेन्द्रराज न्यौपानेले जानकारी दिए ।

पिकअपलाई महेशपुर भन्सार पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरले जनाएको हो । चाडपर्वलाई लक्षित गरी भित्राइने बारुदजन्य पटाकाहरू भित्रिन थालेपछि सशस्त्र प्रहरीले त्यसतर्फ निगरानी बढाएको न्यौपानेले बताएका छन् ।














0 प्रतिकृया